२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ । सोमवार विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारि सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिश गरेको थियो । सुदुरपश्चिमेली साउदलाई सोही क्षेत्रका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नियुक्त गरिएको हो ।
साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् । उक्त पदका लागि १३ जनाको आवेदन परेको थियो । करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहदै आएको थियो ।
जेठ १५ मै पूर्ण बजेट : अर्थमन्त्री महरा जेष्ठ ८, २०७४- आर्थिक वर्ष ०७४/७५ का लागि जेठ १५ मै पूर्ण बजेट आउने भएको छ । जेठ ३१ गते दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मिति तय भएपछि जेठ १५ ग…Read More
सीमामा समस्यै समस्या जेष्ठ ८, २०७४- ‘हामीलाई न बैंकले ऋण दिन्छ, न त बालीनालीको बिमा हुन्छ, न सहज ढंगले बस्न पाउने वातावरण छ,’ कञ्चनपुरको पुनर्वास नगरपालिकाका केशवप्रसाद ति…Read More