पक्राउ पर्नेहरुमा रुपन्देहीको ओमसतिया गाँउपालिका-६ का ३६ वर्षीय गुलाबचन्द सहानी, रोहीणी गाँउपालिका-७ टिकरका ४१ वर्षीय राधेश्याम यादव, जिल्ला कास्की पोखरा लेखनाथ नगरपालिका-३ का २८ वर्षीय अन्तिम गुरुङ र जिल्ला तनहुँ व्यास नगरपािलका १ का २२ वर्षीय अन्जु गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरु रामनगरको सडक किनारमा शंकस्पद रुपमा उभिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुले प्रयोग गरेको लु २८ प १२६१ नं.को मोटरसाइकलको लेग गार्डमा प्लाष्टिकमा लुकाई राखेको लागुऔषध डाईजेपाम, फेनर्गन र नुफिर्न ७५/७५ सीसी गरी २२५ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवंम प्रवक्ता डिल्ली नारायण पाण्डेले बताए ।
उनका अनुसार पक्राउ परेका अन्तिम गुरुङको साथबाट नगद १७ हजार रुपैयाँ तथा अन्जु गुरुङको साथबाट ३ हजार रुपैयाँ बरामद भएको छ ।
उनीहरुले आफूहरुले राधेश्याम यादव मार्फत लागुऔषध खरिद गरेको प्रराम्भिक बयान दिएपछि प्रहरीले यादवलाई पनि नियन्त्रणमा लिएको बताएको छ ।
भारतबाट लागुऔषध खरिद गरी घरमा संचय गरी विक्री वितरण गर्ने यादवकोे घरमा प्रहरीले खानतलासी गर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा थप लागुऔषध डाईजेपाम, फेनरागन र नुफिर्न क्रमशः ६२५ सीसी गरी कुल एक हजार ८७५ थान एम्पुल बरामद भएको डीएसपी पाण्डेले बताए ।
यस्तै यादवको कोठाबाट टिनको बाकसमाथि प्लाष्टिकको टोकरीमा विभिन्न दरको नोटहरु नेपाली १ लाख रुपैयाँ र यादवको शरीर खानतलासी गर्दा उनको साथबाट ३८ हजार रुपैयाँ बरामद भएको पाण्डेले बताए ।
शहरी भागमा प्रहरीको बिभिन्न दस्ताहरुको बढ्दो निगरानी र ग्रामीण क्षेत्रहरुमा रहेको खुल्ला सीमाको फाईदा उठाउदै यस्तो कारोबार ग्रामीण क्षेत्रमा बढ्दै गएको छ ।
राप्रपा देउवाका पक्षमाराष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।पार्टी संसदीय दलको आज बसेको…Read More