एमाले भरतपुरको पुनः निर्वाचनमा सहभागी हुने, यस्तो आयो खुलासा

भिडियो सहित हेर्नुहोस !
Advertisement


चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध संसदमा प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गरेको प्रमुख प्रतिपक्षी एमाले पुनः मतदानमा भने सहभागी हुने भएको छ ।

बाहिर आयोगको निर्णयको विरोध गरे पनि भित्रभित्रै चुनावको तयारी भएको एमाले नेताले नै खेलासा गरे । आयोगको निर्णयलगत्तै शनिबार बसेको एमाले स्थायी समिति बैठकले निर्वाचन आयोगको निर्णय खारेज गर्ने र निर्वाचन प्रक्रियामा नजाने निर्णय गरेको थियो । तर, एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले आफूहरु चुनावका लागि तयार रहेको बताए । ‘पुनः मतदानमा हामी सहभागी हुन्छौं’, पोखरेलले काठमाण्डुटुडेसँग भने, ‘जनताको जनमत लिन डराउने पार्टी एमाले होइन ।’ पोखरेलले १९ नम्बर वडाबाट एमालेले पुनः मतदानमा ८० प्रतिशतभन्दा बढी मत लिने दाबी गरे । निर्वाचन आयोगले शनिबार छानबिन समितिको प्रतिवेदनका आधारमा उक्त वडाको सम्पूर्ण मतपत्र बदर गर्दै पुनः निर्वाचन गराउन जिल्ला निर्वाचन कार्यालय चितवनलाई निर्देशन दिएको थियो ।

१९ नम्बर वडाको मतगणनाका क्रममा एमाले र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि ९० वटा मतपत्र गन्नै नमिल्ने गरी च्यातिएको थियो । मतपत्र च्यातेको आरोपमा पक्राय परेका माओवादी केन्द्रका कार्यकर्ताहरु मधु न्यौपाने र द्रोणबाबु सिबाकोटी जनही एक लाख धरौटी बुझाएर अदालतको आदेशमा रिहा भइसकेका छन् । भित्रभित्रै चुनावको तयारी तीव्र पारे पनि बाहिर भने एमालेले निर्वाचन आयोगको निर्णय राजनीतिक सहमतिका आधारमा सच्याउनुपर्ने बताउन छाडेको छैन । ‘बाहिर हामी हाम्रो एजेण्डा जनतामा स्थापित गराउन मतपत्र च्यात्ने कार्यको भण्डाफोर गर्छौं तर चुनावी प्रक्रियालाई नै बहिस्कार गर्दैनौं’, पोखरेलले भने । एमाले युवा नेता रवीन्द्र अधिकारीले पनि पुनः निर्वाचनमा एमाले सहभागी हुने स्पष्ट गरे । ‘हार्न लागेपछि मतपत्र च्यात्ने प्रवृत्तिले प्रश्रय पाएकामा मात्र हाम्रो विरोध र आपत्ति हो’, अधिकारीले भने, ‘एमाले चुनावसँग डराएर भाग्दैन ।’

Related Posts: