प्रधानमन्त्री देउवाको बोलीको ठेगान छैन : माधवकुमार नेपाल

भिडियो सहित हेर्नुहोस !
Advertisement


एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बर्तमान गठवन्धन सरकार वचनमा अड्न नसक्नेहरूको झण्ड भएको आरोप लगाएका छन् ।

‘यो सरकार भोलि के हुन्छ भन्ने थाहा नपाउने र थाहा पाएका विषयमा पनि धोका दिने नियतले काम गरिरहेको छ’, उनले आरोप लगाए ।

आइतबार धनगढीमा पत्रकारसंग कुरा गर्दै नेता नेपालले शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै निर्वाचनको मिति सारेका बताए ।

‘राजपालाई सहमतिमा ल्याउन मिति सारे होलान भनेर सोँचेको त अर्को दिन राजपाका नेताको कपिलवस्तु बैठकले चुनाव सार्ने आफूहरूसंग सरकारले सल्लाहै गरेको छैन भन्ने प्रतिक्रिया दिए’, उनले भने, ‘यही भएर प्रधानमन्त्रीको बोलिमा ठेगान छैन ।’

‘सरकारले मिति र विधि अनुसार कार्य गर्ने हो । मुसा खेलाए झै चुनाव मिति सारिरहन्छ भने माघ ७ भित्र प्रदेश र केन्द्रको चुनाव गराउला त ?’, उनले प्रश्न गरे ।

शेरबहादुर देउवाले सत्ता सम्हालेका बेला लोकतन्त्र बलियो भएको उदाहरण नरहेको नेता नेपालले आरोप लगाए ।

Related Posts: