ज्योतिषशास्त्र: शनिवारको दिनमा भुलेर पनि नगर्नुहोस यी ७ चिजको किनमेल

भिडियो सहित हेर्नुहोस !
Advertisement


शनिवार हप्ताको सबै भन्दा राम्रो दिन मानिन्छ र कतिपय मानिस शपिंगको लागि पनि जाने गर्छन । शनिवार हनुमानजीको बिशेष पुजा र शनिदेवको आराधना गर्नको लागि सबै भन्दा उत्तम दिन मानिन्छ । शनिवारमा किनमेल गर्नु राम्रो त मानिन्छ तर शनिदेवको दिन हुने भएकाले यस दिनमा केहि वस्तु किनमेल गर्नबाट बच्नु पर्छ ।

आउनुहोस जानौ यस्ता ७ चिजको बारेमा जसलाई किनमेल गर्नु तपाईको लागी हानिकारक हुन सक्छ …

१. शनिवारको दिनमा फलामबाट बनेको वस्तु दान गर्नुलाई बिशेष महत्व मान्ने गरिन्छ फलामको समान दान गर्दा शनिदेव प्रसन्न हुनुहुन्छ र व्यापारमा मुनाफा मिल्छ । शनिवार फलाम लाई दान गर्नुस तर घर-परिवारको लागी फलामको सामान खरिद गर्न बाट बच्नुहोस ।

२. शनिवारको दिन तेल दान गर्नु पर्छ तर तेल खरिद गर्नबाट बच्नु पर्छ । शनिवारको दिनमा तेल खरिद गर्नाले मानिस रोगबाट ग्रसित हुन्छ ।

३. यदि नुनको खरिद गर्नु छ भने शनिवारको सट्टा अरु कुनै दिन खरिद गर्नुहोस् । शनिवारको दिनमा नुन खरिद गर्नाले ऋण लाग्न तथा बढ्न सक्छ ।

४. शनिवारको दिन खरिद गरिएको कैचीले सम्बन्धमा टकराव ल्याउछ । यसैले यदि तपाईलाई कैची खरिद गर्नु छ भने शनिवारको अलावा अरु कुनै दिनमा खरिद गर्न सक्नु हुन्छ ।

५. कालो तिल चढाउनाले शनिदेव प्रसन्न हुनुहुन्छ र बिपत्तिबाट मुक्त पारिदिनु हुन्छ तर यस दिन कालो तिल खरिद भने गर्नु हुदैन ।

६. यदि तपाईलाई कालो रंगको जुत्ता खरिद गर्नु छ भने शनिवार खरिद नगर्नुहोस । मान्यता छ कि शनिवार खरिद गरिएको कालो जुत्ता लगाउने मानिसलाई कार्यमा असफलता प्राप्ति हुन्छ ।

७. पढाई-लेखाई संग जोडिएको वस्तु जस्तै कागज, पेन र मसी आदि खरिद गर्ने सबै भन्दा श्रेष्ठ दिन बिहिवार हो त्यसैले शनिवारको दिनमा खरिद नगर्नुहोस यसले मानिसलाई मुर्ख बनाउछ।

Related Posts: