राष्ट्रपतिले दिइन् सेना परिचालनको स्वीकृति

भिडियो सहित हेर्नुहोस !
Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन ।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही असार ८ गतेको निर्णय र सोही दिनको प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिएकी हुन ।उक्त निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समयन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार ७ गते सिफारिस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Related Posts: