असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राती १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न पाइदैन ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार–प्रसारका क्रियाकलापहरु नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोगले सबैसँग आग्रह गरेको छ ।
यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि हदैसम्मको कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
विद्यासुन्दरको सपथमा यस्ती देखीए रञ्जुकाठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित…Read More