संघीय समाजवादी फोरमबाट नेपालगन्जका मेयरका प्रत्यासी कमरुद्दिन राईमाथि गएराति आक्रमण भएको छ । मेयरका प्रत्यासी राई चढेको गाडीमा शुक्रबार राति नेकपा एमालेको पार्टी कार्यालय नजिकै आक्रमण भएको हो ।
मुखमा नकाप बाँधेर मोटरसाईकलमा आएको एक समूहले गाडीमा अन्धाधुन्ध ईटाले हान्दै राईमाथि दुर्व्यवहार गरेको संघीय समाजवादी फोरम नेपालका जिल्ला प्रवक्ता समसुलहक राईले जानकारी दिनुभयो । ईटा प्रहारबाट बा.९च ६५२९ नंको गाडीको सिसा फुटेपनि राईलाई चोटपटक लागेको छैन् ।
संघीय फोरमले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्न प्रहरी र प्रशासनसँग माग गरेको छ । आक्रमण हुँदा राई र उनका ड्राईभर गाडीमा थिए । उनीहरु चुनावी प्रचार–प्रसार सकेर घरतर्फ जाँदै गर्दा आक्रमण भएको प्रवक्ता राईले जानकारी दिए । आक्रमण गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
आक्रमण र दुर्व्यवहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबारै राति नारा जुलुससहित त्रिभुवन चोकमा विरोधसभा आयोजना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेका थिए ।
तातोपानी नाका नखुल्दा युवा बिदेसिन थाले जेष्ठ १२, २०७४- चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका बन्द भएपछि सीमाका युवा बिदेसिन थालेका छन् । भूकम्पपछि बन्द नाका दुई वर्ष बित्दा पनि सञ्चालनमा न…Read More