भिडियो सहित हेर्नुहोस !
Advertisement
११ असार, चितवन ।मुग्लिन–नारायणघाट सडकखण्ड फेरी अवरुद्ध भएको छ । सडक खण्डको कालिखोलामा भिषण पहिरो गएपछि दिउँसो साढे ३ बजेदेखि बाटो अवरुद्ध भएको हो ।
उक्त सडकखण्डमा ४० मिटर लामो पहिरो झरेको मुग्लिन प्रहरीले जनाएको छ । जसका कारण अहिले गाडीको निक्कै लामो लाइन लागेको छ । पटक पटक पहिरो जान थालेपछि यात्रुलाई शास्ती भएको छ ।
चुनावका बेला भोट हाल्न जानेहरुका कारण अहिले काठमाडौं भित्रिनेभन्दा बाहिरिने यात्रुको संंख्या बढी रहेको नागढुंगा प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएपछि अहिले सयौं गाडी बीच सडकमै रोकिएका प्रहरीले जनाएको छ ।
याे पढ्नुस: नारायणगढ–मुग्लिन सडक अव रातको समयमा बन्द हुने