केही बर्षको अन्तरमा प्रवेश गरेका यी २ सुन्दरीविच को अगाडि भन्ने खालका चर्चा पनि चल्ने गरेका छन् । चलचित्र ‘मेरो पैसा खोइ’मा बर्षा सिवाकोटी बाहिरिएर बर्षा राउत भित्रिएपछि यी दुइविच सम्बन्ध विगि्रएको चर्चा चल्यो । अहिले कस्तो छ त सम्बन्ध ? अनलाइनखबरसँगको कुराकानीमा बर्षा राउतले भनिन्-‘हामी विच धेरै भेटघाट नहुने भएकाले पनि त्यस्तो लागेको हुनसक्छ । तर, हाम्रो सम्बन्ध एकदमै राम्रो छ ।’
यस्तै, नायिका बर्षा सिवाकोटीले भनिन्-‘हामीलाई लामो समयसम्म नदेखेर होला । हाम्रो भेट नजुरेर हो । हाम्रो केही विगि्रएको थिएन, हामी त एकदमै मिल्थ्यौ ।’ चलचित्र ‘मेरो पैसा खोइ’को लफडाका कारण पनि यी दुइविच झगडा परेको चर्चा चलेको हो । तर, यो चलचित्रमा आफूहरुले सल्लाहा गरेरै काम गरेको सिवाकोटी बताउँछिन् ।
झगडाको बिषयमा बषर्ा राउत भन्छिन्-‘मलाई थाहा छैन, उनी मेरो बारेमा के सोच्छिन् । तर, म उनको बारेमा एकदमै राम्रो सोच्छु । हाम्रो नाम एउटै भएकाले पनि यस्तो सोचिएको हुनसक्छ ।’
चलचित्र ‘मेरो पैसा खोइ’मा आफूले नै बषर्ासँग कुरा गरेको राउतको भनाई छ । नाम र करिअरको सुरुवात एउटै समयबाट भएकाले पनि यी दुइविच मनमुटाव चलेको चर्चा चल्ने गरेको छ । तर, दुबैले पनि सम्बन्धमा फाटो नआएको स्पष्ट पारेका छन् ।