नवलपरासीमा प्रमुख तीन दलकै उम्मेदवारको घरमा बम भेटियो

भिडियो सहित हेर्नुहोस !
Advertisement




नवलपरासी ।नवलपरासीको बर्दघाट नगरपालिकामा दुइ फरक ठाउँमा बम फेला परेको छ । नेपाली कांग्रेसको तर्फबाट नगरपालिका प्रमुखका उम्मेदवार विश्वप्रेम पाठकको घर अगाडि राती सुतली बम फेला परेको थियो भने आज विहान माओबादी केन्द्रका नगरपालिका प्रमुखका उम्मेदवार रुद्रप्रसाद उपाध्यायको घरको पर्खाल भित्र बम फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

गएराती उम्मेदवार पाठकको घर अगाडी राखिएको गाडी मुनी सुतली बम फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएपछि रातभरि बमलाई निगरानी गरेको थियो ।

फेला परेको बमलाई आज विहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार उपाध्यायको घरको पर्खाल भित्र राखिएको बम घरका एक सदस्यले विहान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त बमलाई पनि नेपाली सेनाले डिस्पोज गरेको छ । बम भित्र छरा, तार लागायका विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । यसअघि पनि बर्दघाटमै एमालेका उम्मेदवार धिर शर्माको घर अगाडी सुतली बम फेला परेको थियो ।

यसरी प्रमुख दलका उम्मेदवारालाई निगरानी गरि बर्दघाटमा राखिएका बम फेला पर्न थालेपछि उम्मेदवार र घरपरिवार त्रसित भएका छन् । बर्दघाट नगरमा ३ वटा बम फेला परि सक्यो । बमको आतंकले बर्दघाटवासी त्रसित छन् ।

स्थानीय प्रशासनले उक्त क्षेत्रलाई संवेदनशिल क्षेत्रको रुपमा लिई नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाएको छ भने उम्मेदवारका घरघरमा सुरक्षाकर्मी खटाएको छ ।

बर्दघाटमा यसरी धमाधम बम फेला पर्न थालेपछि प्रहरीलाई थप चुनौती थपिएको छ । बर्दघाट नगरपालिकामा राखिएको बम कस्ले राख्यो भने अझै पत्ता लाग्न सकेको छैन तर बर्दघाट नगरपालिका नेत्र विक्रम चन्द विप्लव समुहको पकड भएको क्षेत्र मानिने गरिन्छ ।

Related Posts: