प्रायः जसो महिलामा योनी चिलाउने समस्या हुन्छ । तर हाम्रो समाजमा अझै पनि योनी चिलाउने समस्यालाई सहजै बाहिर ल्याएको पाइँदैन । यौनी चिलाउने कारण र यसको समाधान कसरी गर्ने ? स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर माला श्रेष्ठ…
समाजमा अझै पनि योनांगमा देखा पर्ने समस्यालाई सहजै बाहिर ल्याइँदैन । यौनांगमा देखिएका समस्या भन्दा उत्ताउलो लगायतका उपनाम दिई नकारात्मक दृष्टिले हेर्ने प्रथा अझै पनि काय मै छ । जसको परिणाम स्वरुप योनांगमा देखिएका समस्याले अन्य अंगमा पनि असर गर्ने अवस्था आउँछ ।
यौनांगमा देखिने समस्यामध्ये योनी चिलाउने समस्याले धेरैलाई पीडा दिएको छ । यो सबै उमेरका स्त्रीमा देखा पर्न सक्छ । तर, विशेषतः किशोरी र वयष्क महिलालाई वढी चिलाउँछ । योनी चिलाउने प्रमुख कारण : स्टोजन हर्मोनको कमी । योनी फोहोर राख्नु ।
धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु । विशेष गरेर महिनावारीको समयमा प्रयोग गरिने प्याड तथा कपडा लामो समय राखिराख्नु , योनी सफा नगर्नु । नुहाँउदा योनीलाई असर पुर्याउने सावुन वा सेम्पो प्रयोग गर्नु । योनी प्राय जसो पहिलो पटक महिनावारी हुने उमेरका किशोरी तथा महिनावारी सुकेका महिलालाई बढी चिलाउँछ ।
यसको मूख्य कारण भनेकै स्ट्रोजन हर्मोनको कमी हुनु हो ।बच्ने उपाय : योनी सधै सफा राख्ने । भित्र लगाउने कपडा(पेन्टी) प्रत्येक दिन परिवर्तन गर्ने । रजस्वला हुँदा ३/३ घण्टामा प्याड वा कपडा परिवर्तन गर्ने । नुहाउँदा योनांगमा मात्र प्रयोग गर्ने स्याम्पो प्रयोग गर्ने ।
धेरैलाई थाहा नहुन सक्छ योनांगमा आवश्यक पर्ने केही किटाणु हुन्छन् । जुन यस्तो स्याम्पोले सुरक्षित राख्छ भने, अनावश्यक किटाणु फाल्छ । योनी यसरी लामो समयसम्म चिलाइरहे उपचार तत्काल गराउनु पर्छ । अन्यथा योनीमा लामो समय संक्रमण भई पाठेघरसम्म अन्य रोग निम्तन सक्छ ।