अचम्म लाग्न सक्छ एउटा बोकोले जिल्ला हल्लाउने कुरा । बोकोले कसरी जिल्ला हल्लाउन सक्छ ? तर रामेछापमा यस्तै घटना भयो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


अचम्म लाग्न सक्छ एउटा बोकोले जिल्ला हल्लाउने कुरा । बोकोले कसरी जिल्ला हल्लाउन सक्छ ? तर रामेछापमा यस्तै घटना भयो

त्यो यही बोको हो जसले जिल्लामा हल्लिखल्लीनै मच्चयो । अनि जिल्लाका सबै सरोकारवालालायई एकै ठाउँमा भेला पनि गरायो ।

यो बोको राष्ट्रिय पुननिर्माण कोष कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय रामेछापले भूकम्प पीडितलाई अनुदानमा वितरण गरेको थियो । बोको खाँडादेवी गाउँपालिका-४ पकरबासका किसान कर्णबहादुर माझीले किनेर लगेका थिए ।

गतसाल सोही कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालय आफैंले खरिद गरी वितरण गरेका बोकामा आर्थिक अनियमितता भएको भन्दै व्यापक गुनासो आएपछि यस वर्ष अनुदानको रकम एकमुष्ट कृषकको खातामा हालिदिने र सो रकमबाट किसानले आफ्नो पैसा समेत थपेर बोका खरिद गर्ने गरी पशु सेवा कार्यालयले कार्यक्रम बनाएको थियो ।

बोका खरिदको लागि कार्यालयले एकमुष्ट १५ हजार रुपैयाँ दिने सो रकमबाट किसानले कम्तिमा पनि १८ केजी तौल भएको स्वस्थ ब्याडको बोको खरिद गर्नुपर्ने सर्त थियो ।

Related Posts: