तीन चरणको चुनावपछि संविधान संशोधन : नेपाल

भिडियो सहित हेर्नुहोस !
Advertisement


११ असार विराटनगर । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको तीनै चरणको चुनाव सकिएपछि शीर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच छलफल गरेर संबिधान संशोधन गर्न सकिने वताएका छन ।


विराटनगरमा आइतबार पत्रकारसंग कूरा गर्दै नेता नेपालले सबैलाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव ल्याएर सहमति कायम गर्न सकिने बताए ।

नेता नेपालले एमाले संविधान संशोधनको विपक्षमा नरेहको भन्दै एमाले पनि सर्शस्वीकार्य प्रस्तावमा सहमति गर्न तयार रहेको बताए ।
लोकतन्त्रको आधारशिला निर्वाचन भएकाले निर्वाचनलाई उपयोग गरेर जनताको विश्वास जित्दै आफनो एजेण्डा स्थापित गराउन राजपालाई उनले आग्रह गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले आप\mनो पार्टी हाने डरले प्रदेश नं. २ को चुनाव असोज २ मा सारेको आरोपसमेत लगाए ।

नेता नेपालले संशोधन बिना नै राजपा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने दावी समेत गरे । नेता नेपालले निर्वाचन आयोगले पनि निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

Related Posts: