नारायणगढ-मुग्लिन सडकखण्डमा गएको शुक्रवार राति पहिरोमा परि वेपत्ता भएका दुई प्रहरी जवान मध्ये १ जनाको शव नारायणी नदी किनारामा भेटिएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत गोर्खा मकैसिंह-१ घर भएका ३१ वर्षीय प्रहरी जवान लिलबहादुर चेपाङको शव नवलपरासीको देवचूली नगरपालिका-१७ नारायणी नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय रजहरले जानकारी दिएको छ ।
स्थानीय गाँउलेहरूले नदी किनारा नजिक एक व्यक्ति शव भेटिएको खबर गरेपछि गएको प्रहरी टोलीले ४ बजे शव नदीबाट निकालेको प्रहरी जवान रामकृष्ण आर्चायले जानकारी दिए ।
शवको मूचुल्का गरी भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि पठाउने प्रकृया अघि बढाइएको छ ।
शुक्रवार राति इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्वरको प्रहरीसहितको भ्यान पहिरोले पुरेपछि वेपत्ता भएका तनहुँ भानु नगरपालिका ११ का २१ वर्षीय प्रहरी जवान सन्दीप कार्की अझै बेपत्ता छन् ।
प्रहरी भ्यानसहित त्रिशुलीमा खसेका धादिङ खनियावास गाउँपालिका- ४ का २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया- ६ का ३० वर्षीय प्रहरी जवान दीपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थामा सोही दिन भेटिएको थियो ।
प्रहरीको भ्यान अझै फेला परेको छैन । साथमा दुई हतियार र केही थान गोली पनि फेला परेको छैन । पहिरोसँगै ना ५ ख ७८२७ नं को ट्रकसमेत त्रिशूली नदीमा खसेको थियो । ट्रकका सहचालक सानु भोलान घाइते भएका थिए ।
नेपालकी पहिलो तेस्रोलिंगी बुहारी श्रीमान्लाई सम्बोधन गर्ने मोनिकाको शब्द ।ठकुरी परिवारमा जन्मिँदा उनको नाम मनोज थियो । पछि मोनिकामारूपान्तर भइन् । नेपालकै पहिलो तेस्रोलिंगी बुहारी हुन…Read More
मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयीनेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((व…Read More
नेपाल-भारत नाका ७२ घण्टाका लागि बन्दवीरगन्ज : असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसंग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लाग…Read More
लेकका हामी गोठाला भाद्र ३१, २०७४-वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी ख…Read More