असार ११, २०७४- मुलुकको कूटनीति सञ्चालनको ‘मियो’ अर्थात परराष्ट्र मन्त्रालयको नेतृत्वमा कृष्णबहादुर महरा छन् । सुचना तथा संचार, गृह, अर्थ हुँदै अहिलेको गठबन्धनमा उनले कूटनीतिक जिम्मेवारी लिएका हुन् । माओवादी दलभित्रका शालिन ब्यक्तिको छवि बनाएका उनी पनि आलोचना बाहिर भने छैनन् ।
लगातार सरकारमा रहेको भन्दै दलभित्रैको एक पंतिले उनको आलोचना गरिरहेको छ । शान्तिबार्तामा आउँदासम्म आफ्नो नामको पछाडि ‘अमरसिंह’ लेख्न रुचाउने महराले एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी)को अन्तराष्ट्रिय सन्वन्ध विभागमा प्रमुख रहेर काम गरिसकेका छन् ।
यतिबेला उनी दलभित्र चौथौ बरियातामा छन् । उनको दलको कूटनीतिक विभागको नेतृत्व भने दोस्रो बरियाताका नारायणकाजी श्रेष्ठले गरिरहेका छन् ।
सशस्त्र द्वन्दपछि माओवादीको तर्फबाट मुलुकको कूटनीतिक बागडोर सम्हाल्ने उनी दोस्रो नेता हुन् । बाबुराम भट्टराई नेतृत्व सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्रीको रुपमा श्रेष्ठ थिए । भट्टराईसँगको दक्षिणी साइनोलाई समेत ख्याल गर्दै सम्वन्ध सन्तुलनमा श्रेष्ठको भुमिका स्मरण गर्न लायककै थियो । केही हदसम्म सफल परराष्ट्रमन्त्रीकै लहरमा उनी देखिए । विभिन्न राजनीतिक दलभित्र रहेर खारिएका तथा अन्यक्षेत्रमा रहेर विज्ञता हासिल गरेका ब्यक्तिभन्दा मन्त्रालयका कर्मचारीलाई राजदूत बनाउनेमा जोडदिने प्रथा बाहेक अन्य कार्यशैलीमा प्रश्न गर्ने ठाउँ खासै दिएनन् । श्रेष्ठको भन्दा फरक शैली र गति भएका अनुभवि नेता महराले सवल पक्षको अनुशरण गर्दै सुधारका इट्टा थप्लान भन्ने आशा धेरैमा छ ।
महरा र कर्मचारीको ब्यवहार
परराष्ट्र मन्त्रालय प्रवेशसँगै महाशाखाको व्रिफिङ लिनेक्रममा उनले मन्त्रालय भित्र आफ्नो सहयोगी समुह तयार गरिसकेका छन् । सहयोगीहरु राख्दै उनले सम्पूर्ण भर परराष्ट्रको कर्मचारीमा नछाड्ने कूटनीतिक संकेत दिइसकेका छन् । अर्थ र गृहमा रहँदा नै परराष्ट्रकाको ब्यवहार, काम गर्ने शैली र ज्ञानबारे राम्रै जानकारी राखेका महरालाई यतिबेला उनीहरुको अध्ययन खासै जरुरी छैन् । उनले आउने वित्तिकै कर्मचारीलाई भनेका थिए, ‘यहाँहरुले आफ्नोभन्दा पनि मुलुकलाई ध्यान दिएर काम गर्नुहोला ।’ उनको भनाईबाट मन्त्रालयमा यसअघि हुने कार्यशैली र ब्यवहारको प्रतिविम्व देखिन्छ । उनले आफ्नो सचिवालयमा परराष्ट्र सचिवले तोकेको उपसचिवलाई फिर्ता पठाई दिएका छन् । परराष्ट्रमन्त्रीलाई नसोधि निर्णय लिएको भन्दै उनले राहदानी विभागमा कार्यरत बरिष्ठ उपसचिवलाई निजी सचिवका रुपमा ल्याउन निर्देशन दिए ।
उपसचिव उपस्थित भए हुनेमा सचिव र शाखा अधिकृतका लागि आउने प्रशिक्षण तथा भ्रमणमा सहसचिव आफै कुद्ने आफ्नो ‘कद’ घटाउने प्रचलन कर्मचारीतन्त्रमा ‘हुर्कंदो’ छ । यसबाट परराष्ट्र अछुतो छैन् । केही दिन त हो भन्दै मन्त्रालय भित्र सम्पादन गर्नुपर्ने काम तथा महत्वपूर्ण छिमेकसँगको वार्तालाई समेत ख्याल नगरी नेतृत्वको पहिलो र दोस्रो नम्बर नै विदेश कुदिहाल्ने दृष्य ‘उदेक’ लाग्दो मात्रै होइन गैरजिम्मेवारीपन समेत हो । यस्ता मोह केन्द्रित समस्या चिर्न परराष्ट्रमन्त्री महराले धेरै मेहनत गर्नुपर्नेछ । मन्त्रालय भित्र शिष्टता, बरियता र अनुशासन अर्को विग्रदो ‘सफ्टवयर’ को रुपमा छ ।
२०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता नै थिए । माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर पहिलो पटक सूचना तथा संचारमन्त्री भएर गिरिजाप्रसादको क्याविनेटमा काम गरेको अनुभव उनीमा छ । शिक्षामा स्नातक महरा तीन पटक निर्वाचित सांसद हुन् । उनी अहिले पनि सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरिरहेका छन् । ०५८ वर्षीय महराले नेपाललाई केन्द्रमा राखेर अमेरिका, भारत र चीनको राजनीतिलाई गहिरो विश्लेषण गर्दै अन्तराष्ट्रिय राजनीतिको चंगुलबाट नेपाललाई चोखो वा सन्तुलित राख्न सके धेरै काम मन्त्रालयमा गर्नै पर्दैन् । उनले त्यसको लागि कर्मचारीको पहिचान र योग्यता भने ख्याल गर्न सक्नुपर्छ । ‘ङिच्च/फिस्स’ हास्ने र ‘चिप्ला/चिल्ला’ कुरा गर्नेहरुसँग सचेतहुँदै त्यस्ताको विगतका निर्णय, सम्पर्क र पृष्ठभूमि हेरेर काम अघि बढाउनुपर्छ । कूटनीतिमा पृष्ठभूमि र सम्पर्कले महत्व राख्छ ।
रोल्पाको लिबाङ विद्यालयमा अध्यापन गरेका महराले परराष्ट्र कर्मचारी धेरै ‘भेट्रान’ सम्झनु भन्दा त्यही क्षेत्रमा काम गरेकाले केही अनुभवि र जानकार रहेको तर कत्ति पनि ‘रिक्स’ लिन नसक्ने ब्यक्तिहरुको हावी भएको समुह बुझ्नुपर्छ । यसो भनिरहँदा मन्त्रालयका सबै त्यही कोटीका पर्दैनन । मन्त्रालय भित्र एउटा सानो पंति अध्ययनशील र नेताको दैलो नचाहर्नेमा पर्छन् । तर, ति सधैं ओझेलमा छन् । पछिल्लो समय सोझै अधिकृतमा आउनेहरु साँच्चै आशा लाग्दा छन् । उनीहरुलाई समेत पछिल्ला नेतृत्वले राजनीतिज्ञको घरदैलो गर्नपर्ने बाध्यता सृजना गरिएको छ । उनीहरुमा विचलन समेत आएको छ ।
मन्त्रालयका दक्षिण एसिया, अमेरिका, युरोपेली, खाडी, भारत, चीन विज्ञ को भनेर चिन्न गाह्रो छ । चिनियाँ, फ्रेन्च, स्पेनिस र अरविकमा भाषण गर्न सक्ने वा बुझ्ने कोही छ भन्दा नाक खुम्च्याउनु पर्ने अवस्था छ । राजनीतिक नेतृत्वभन्दा पनि कर्मचारीको इच्छा शक्ति अभाव र स्वर्थले यो अवस्था आएको हो । कैयनको त अन्तराष्ट्रिय भाषा, ब्यक्तिगत ब्यवहार सम्झदा मिसनको हालत बारे नवप्रवेशीहरु नै चिन्तित र अचम्मित हुन्छन् । राजनीतिज्ञले भाषामा ज्ञान राख्दा सुनमा सुगन्ध जस्तै हो । र, त्यो राम्रो दख्खल नहुनु कमजोरी होइन । तर, त्यसकै लागि भनेर मुलुकले लगानी गरेको कर्मचारीमा दख्खल नहुनु दुर्भाग्य हो । कूटनीतिमा इन्स्टिच्युसनल मेमोरी, विज्ञता र सरकारी ट्रयाक भन्दा बाह्य ट्रयाक २, ३, ४..., को महत्व उत्तिकै हुन्छ । खासगरि ‘प्रोपोगाण्डा’ र ‘पब्लिक डिप्लोम्यासी’ मा हामी चुक्दै आएका छौं । छिमेकी र मित्रराष्ट्रहरुले यसलाई ‘क्यास’ गरिरहेका छन । थिंक ट्याकंको अभाव र दुर्दशा छ । रिसर्च इन्टर्न क्षमता भएकालाई विज्ञको भारि बोकाउने परम्परा छ । सरकारले थिंकट्याङ्क बलियो हुदा कर्मचारी ओझेलमा पर्ने कमजोर सोचले सरकारी स्तरको कूटनीतिक थिंक ट्याङ्क नाममा मात्र सिमित भयो । यसमा दलहरु दोशी छन् । अवैतनिक दूत (अनोररी कन्सुलर) नेपाल र विदेशमा नियुक्तिमा दलगत स्वार्थले ल्याएको भद्रगोलले गिरेको साखलाई उकास्न आवश्यक छ । लोभमा परेर मन्त्रीको क्षणीक फाइदाका लागि देख्दा साना तर गम्भिर प्रकारको निर्णयहरुमा सुधार गर्दै जान आवश्यक छ ।
भारतीय करले नेपाली अदुवा निर्यात रोकियो भारत सरकारले गत सातादेखि लागू गरेको गुड्स एन्ड सर्विस ट्याक्स (जीएसटी) का कारण नेपाली अदुवा निर्यात प्रभावित भएको छ । भारतले केही साताअघि जीएसटीअन्तर्…Read More
नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै१३ साउन, काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँद…Read More