– ट्युनिशियामा विवाह हुनु अघि यौनसम्बन्ध हुने नहुने अर्थात् गरेपछि मात्र यस्तो सम्बन्ध राख्नु पर्ने मान्यता छ। त्यसले सबै युवती बिहे हुनु पहिले ‘भर्जिन’ भएको आशा गरिन्छ । यसै कारण यहाँ भर्जिनिटीलाई पुनः हाँसिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार निकै फस्टाउँदो अवस्थामा रहेको छ ।
यास्मिन (परिवर्तित नाम) निकै डराएकी छिन् । उनी आफ्नो नङ लगातार टोकिरहेकी छिन् र लगातार मोबाइल हेरिरहेकी छिन् । उनले भनिन्, ‘मैले यसलाईको रुपमा धोका मान्छु त्यसकारण निकै दुःखी पनि छु ।’
हामी अहिले ट्युनिशियाका एक प्राइभेट क्लिनिकमा चौथो तल्लामा छौं । यहाँ महिलासँग जोडिएका समस्याका डाक्टर रहेका छन् । गुलाबी रङको वेटिंग रुममा महिला निकै धैर्यताका साथ प्रतिक्षा गरेर बसिरहेका छन् ।
यास्मिनले नक्कली हाइमन लगाएको जानकारी दिइन् । एक सानो मेडिकल प्रक्रियामार्फत महिलाको गोप्य अंगमा हाइमन जुन एक प्रकारको झिल्ली जस्तो हुन्छ त्यसलाई जोड्ने गर्दछ । हाइमनलाई पुनः जोड्दा भर्जिनिटीलाई फिर्ता ल्याएको भन्ने गरिन्छ ।
समाजशास्त्री सामिया एलुमीले भने, ‘हामी आधुनिक समाजमा बसिरहेको दाबी गर्छौं तर यो आधुनिकता महिलाहरुको यौन सम्बन्धसँग जोडिएको छैन ।’ यास्मिनको दुई महिनापछि विवाह हुँदैछ ।
२८ वर्षीया यास्मिनलाई आफू भर्जिन नभएकोमा चिन्ता छ । भविष्यमा उनी भर्जिन नभएको कुरा थाहा हुनसक्ने भन्दै उनी तनावमा छिन् । उनले भनिन्, ‘एक दिन गल्तीपूर्वक कुराकानीको क्रममा मैले यसको पर्दाफास नगरुँ वा मेरा श्रीमानलाई यसबारे शंका नहोस् ।’