एनआरएनए क्युसुमा लक्ष्मण बानियाँ

भिडियो सहित हेर्नुहोस !
Advertisement

११, २०७४- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गतको क्युसु क्षेत्रीय अधिवेशनले लक्ष्मण बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार सम्पन्न अधिवेशनबाट चयन भएको समिति वरिष्ठ उपसंयोजक, उपसंयोजकमा देवराज उप्रेती, नवराज गौतम र शुपेन्द्र घिमिरे चयन भएका छन् । त्यस्तै सचिव, सहसचिव र कोषाध्यक्षमा शिशिर ज्ञवाली, सुरज बन र दिलेन्द्र जोशी निर्वाचित भए ।

समितिको सहकोषाध्यक्षमा मोहनसिहं मर्डाई र प्रवक्तामा ज्योति केसी मनोनयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रेम गुरुङ, आशीष खड्गी, सूर्यकुमार कुँवर, सचिन नेवाङ, पकंज बजगाई, नवीन अधिकारी, नारायण सुवेदी चयन भएका छन् ।

टोकियोपछि सबैभन्दा बढी सदस्य रहेको यो क्षेत्रको अधिवेशन सफल पार्न अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, टंक गैरे, महासचिव अनुज थापा, सचिव बुद्धि घिमिरे फुकुओका पुगेका थिए । अध्यक्ष सुदन थापाले निर्वाचित सबै पदाधिकारीलाई शपथ गराएका छन्

Related Posts: