साउदी अरब, इजिप्ट, संयुक्त अरब एमिरेट्स् र बहराइनले कतार समक्ष विभिन्न १३ वटा मागहरु प्रस्तुत

भिडियो सहित हेर्नुहोस !
Advertisement

कतारसंग ठूलो विवादमा रहेका खाडी राष्ट्रहरुले सो देश समक्ष आफ्ना मागहरुको एउटा सूची प्रस्तुत गरेका छन् । साउदी अरब, युएई र अरु देशहरुले कतारीहरु समक्ष राखेका मागमा कतारको एउटा टेलिभिजन च्यानल अल जजीरालाई बन्द गर्नु पर्ने लगायतका कुराहरु रहेका छन्।

साथै टर्कीस्थित उक्त देशको सैनिक अखाडा बन्द गर्नुपर्ने र इरानसंगको सम्बन्धको स्तरलाई पनि घटाउनु पर्ने कुरा पनि छन्। ति देशहरुले कतारलाई आतंकवादलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् जस्लाई कतारले खण्डन गरेको छ। साउदी अरब, इजिप्ट, संयुक्त अरब एमिरेट्स् र बहराइनले कतार समक्ष विभिन्न १३ वटा मागहरु प्रस्तुत गरेका छन्। त्यो पूरा भएमा मात्र सो देश विरुद्ध लागु प्रतिबन्धहरु हटाइने बताइएको छ।
एउटा प्रमुख मागमा कतारलाई उस्को टेलिभिजन समाचार च्यानल अल जजीरा बन्द गर्न भनिएको छ। इरानसंगको सम्बन्धको स्तरलाई घटाउन र टर्कीस्थित सैनिक अखाडा बन्द गर्न पनि भनिएको छ र ति सबै मागहरु १० दिन भित्र पूरा गर्नु पर्नेछ। हालै आफ्नो अन्तर्राष्ट्रिय छवि बढाउने प्रयासमा लागेको कतारले आफूले आतंकवादलाई प्रोत्साहन गर्ने नगरेको र अशान्ति फैलाउन पनि नखोजेको जनाएको छ।

उक्त देश दुईहप्ता भन्दा बढी समयदेखि अभूतपूर्व कुटनीतिक तथा आर्थिक प्रतिबन्धहरुको चेपुवामा परेको छ, जुन खाडी राष्ट्रहरुले दशकौंयता भोग्नु परेको मध्ये सबैभन्दा खराब अवस्था हो।

Related Posts: