संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।
संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेका बेला उदण्डता मच्चाइ अराजकता देखाएका यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेका थिए । त्यतिबेला देखिनै उग्र स्वभाव देखाउँदै आएका यादवले विहिबार स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् ।
पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी व्यक्तिलाई लिएर एलडिओ पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । एक कर्मचारीका अनुसार अँगरक्षक र कर्मचारीहरुले भित्र गई ढोका लगाएर पोखरेललाई बचाएका थिए ।
यता स्थानीय विकास अधिकारी पोखरेलले आफूमाथि हातपातको प्रयास भएको पुष्टि गरे । ‘भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू आज पिटाई खान सक्ने अवस्था आउथ्यो, तत्कालै कर्मचारीहरु आउँदा मलाई केही भएन्,’ उनी भन्छन् । यता सांसद यादवले आफूले हातपात गर्ने त्यस्तो कुनै काम नगरेको दाबी गरेका छन् ।
नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभावमहिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समे…Read More
१ कात्तिक– बालाजुस्थित गुराँस पार्टी प्यालेसमा बुधवार दिउँसो छुट्टै रौनक थियो । औपचारिक रुपमा लक्ष्मी पूजाको दिन (बिहीवार)देखि शुरु हुने भए पनि गुराँस…Read More
पेटको बोसो घटाउने ९ घरेलु उपायपेटको बोसो घटाउने ९ घरेलु उपाय१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न …Read More