३० भदौ,एजेन्सी। बढ्दो तनाव र बिग्रदो सम्वन्धका बीच अमेरिका र उत्तर कोरिया र अमेरिकाबीच गोप्य वार्ता भएको समाचार बाहिरिएको छ।जापानी सञ्चारमाध्यम एनएचकेले जनाए अनुसार यही हप्ता स्विजरल्याण्डमा गोप्य वार्ता भएको हो।
वार्ता सोमबार देखि बुधवार बीच भएको वार्ताको बारेमा अन्य अन्तराष्ट्रिय समुदाय भने अनभिज्ञ थियो।एनएचकेले जनाएर अनुसार उत्तर कोरियाका तर्फबाट छोय कांग इल र अमेरिकाका तर्फबाट पुर्व अधिकारी इभान्स रिभेर सभागी भएको जनाएको छ।गोप्य वार्तामा के विषयमा कुरा कानी भयो थाहा नभए पनि उत्तर कोरियाको आणविक परिक्षणपछिको तनाव कम गर्ने विषयमै कुराकानी भएको अनुमान गर्न सकिन्छ। वार्तापछि स्विजरल्याण्डमा उत्तर कोरियाका प्रतिनिधी छोयले कुनै प्रतिक्रिया नदिएको एनएचकेले जनाएको छ।
माल्भिका नयाँ जिम्मेवारी लिएर बेलायत-भाद्र १३, २०७४- पूर्व मिस नेपाल एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा दोश्रो पटक बेलायत आएकी छन् । तर, यसपटक अलिक भिन्न जिम्मेवारी लिएर । ७ वर्षअघि न…Read More