भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडल उपाधिका लागि बुद्ध लामा, प्रताप दास र निशान भट्टराई अब केवल एक कदममात्रै पछि छन् । नेपाल आइडलको सान र मान कसले पाउने हो सेप्टेम्बर २२ मा कतारमा हुने अन्तिम प्रतिस्पर्धाका दिन घोषणा गरिँदै छ । तापनि फाइनलमा पुगेका तीनैजना खाली हात फर्कनु पर्दैन । तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछ ।
फाइनलमा पुगेका तीनैजना प्रतियोगीहरूले लगभग चार महिनापछि यो साता आआफ्नो परिवार, आफन्त एवं शुभचिन्तकसँग प्रत्यक्ष भेटघाट एवं खुसीयाली साट्दै छन् । फाइनलअघि उनीहरूलाई उच्च सुरक्षाका साथ आआफ्नो घरपरिवारमा भ्रमण गराइँदैछ । प्रतियोगिताका लागि अडिसन दिँदाको एउटा सामान्य व्यक्ति चार महिनापछि सेलिब्रेटीका रूपमा गृहनगर पुग्दैछन् । प्रहरीसँग समन्वय गरी एयरपोर्टदेखि नै उनीहरूको सुरक्षा व्यवस्था मिलाइने एपीवान एचडी टेलिभिजनका अपरेसन डाइरेक्टर सुरेश पौडेलले जानकारी दिएका छन ।
नेपाल आइडलको सुरुवातसँगै हजारौं संगीतप्रेमीहरूको सपना चल्मलाउन थालेको छ । ‘सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई नेपाल आइडलले ऊर्जा दिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्ने साझा सो बनेको छ’, निर्णायक न्ह्यु बज्राचार्यले भने, ‘प्रतियोगीहरू कोहीभन्दा कोही कम छैनन तर विधागत रूपमा नेपाली संगीत सम्पन्न भएकाले प्रतिस्पर्धा पनि सजिलो छैन ।’ नेपाल आइडलमा सँगालेका अनुभव अविस्मरणीय रहनुका साथै देशभर भेटिएका नवप्रतिभा देखेर आफू उत्साहित भएको उनको भनाइ छ ।
एपीवान एचडी टेलिभिजनले पहिलो पटक नेपाल भित्र्याएको अन्तर्राष्ट्रिय फ्रेन्चआइच आइडलको नेपाली संस्करणलाई लाखौं दर्शकले अत्यधिक रुचाएका छन् । पहिलो पटक आफ्नै भाषाको एचडी च्यानलमा अन्तर्राष्ट्रियस्तरको रियालिटी सोले देशविदेशमा रहेका करोडौं दर्शकलाई आकर्षित गरेको छ । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिन सक्नु नेपाल आइडलको विशेषता बनेको छ ।न भट्टराईले मात्र पाएका छन् ।