भदौ, सप्तरी । आचारसंहितालाई नै चुनौति दिँदै राजनीतिक दलहरुले सार्वजनिक ठाउँहरुमा राखेका चुनावका प्रचार सामाग्रीहरु प्रहरीले हटाएको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको नेतृत्वमा खटिएका प्रहरीले सार्वजनिक ठाउँहरुमा लगाइएको झण्डा, ब्यानर, पर्चा, पप्लेटहरु हटाएको हो ।प्रजिअ पाण्डे नेतृत्वको टोलीमा जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादवसहितका अधिकारीहरु समेत सहभागी थिए ।
राजविराजको मुटु मानिने गजेन्द्र चोकमा प्रत्येक दल र स्वतन्त्र उम्मेदबारहरु समेतले आ-आफ्नो प्रचार-प्रसारको सामग्री राखेका थिए । यसले नगर कुरुप जस्तै बनेको थियो भने आचारसंहितको समेत उल्लंघन भएको थियो ।
निर्वाचन आयोगको आचार संहिताको परिच्छेद २ को ८ नम्बर बुदाँमा राजनीतिक दलका उम्मेदवारहरुले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मिक पुरातात्विक भवनको भित्तामा पर्चा टाँस्न मनाही गरेको छ ।
आचारसंहिताको बुदा नंम्बर १३ मा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख भए पनि उम्मेदबारहरु यसतर्फ ध्यान दिन सकेको छैन ।
यस्तै आचारसंहिताको परिच्छेद ५ को १२ नम्बर बुँदामा आमसभा गरेको स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले हरेक सार्वजनिक ठाउँमा राखिएको प्रचार-प्रसारको सामग्री हटाइने बताए । उनले राजविराजसहित जिल्लाको हरेक ठाउँबाट यस्ता सामग्री हटाइने बताए ।
जिबनमा कसैलाई पनि बताउन नमिल्ने ४ कुरा
पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बता…Read More
मह : खान जान्दा अमृत, नजान्दा विष
प्रकृतिको अमूल्य उपहार हो मह । आयुर्वेद र एलोप्याथी दुबैमा महको योगदान छ । औषधि, सौन्दर्य प्रशाधन र दैनिक आहारमा महको उपभोग महत्वपूर्ण मानिएको छ ।…Read More