२३ असोज, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनशंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिनेे बताए । गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाटै पेस्तोलसहित तीनजना पक्राउ गरेको जानकारी आफूले पाएको मन्त्री शर्माले अनलाइनखबरलाई बताए ।
उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह गरे ।
मन्त्री शर्मा गौचनको हत्याको खबर पाएपछि घटनास्थल जान भनेर गृहमन्त्रालयबाट हिँडेका थिए । तर, सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै बीचबाटोबाटै फर्काएका थिए ।
मन्त्री शर्मा गृहमन्त्रालय फर्किएर प्रहरी अधिकारीहरुको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जानकारी गराएका थिए । मन्त्री शर्माले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह समेत गरेका छन् ।
घटनालगत्तै प्रहरी महानिरीक्षकबाट ब्रिफिङ लिएका मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘घटना अत्यन्त दुःखद छ । योजनावद्ध तरिकाले हत्या भएको छ । छिटोभन्दा छिटो अपराधीहरु सार्वजनिक हुन्छन् । मैले प्रहरीलाई त्यसैअनुसार परिचालन गरेको छु र आवश्यक निर्देशन दिएको छु ।’
मन्त्री शर्माले घटनालगत्तै गृहमन्त्रालयमा प्रहरी अधिकारीहरुको आकस्मिक बैठक समेत बोलाएका छन् ।
‘स्वर्गीय गौचनप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजन र निर्माण व्यवसायीप्रति मेरो समवेदना छ,’ मन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘हत्यामा संलग्नहरु उम्किन पाउँदैनन् । म सबैलाई धैर्यधारण गर्न आग्रह गर्दछु ।’
को हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् ।