उमेरमै नेपाल आर्मीबाट पेन्सन पकाएर निस्केपछि मेरा लागि काम गरिखाने लामो उमेर बाँकी नै थियो । हामी नेपालीका लागि चौकिदारको काम नै सजिलो । त्यसमाथि म त नेपाल आर्मिको जागिरबाट रिटायर्ड भएकोले चौकीदारीको काममा मेरो माग जुनसुकै देशमा हुनसक्थ्यो । आफुले जानेको सीपकै जागिरले डोर्याउँदै मलाई १७ बर्ष अघि ल्याईपुर्यायो रेगिस्तानी देश युएर्ईमा ।
जागिर छोडेको केहि समयसम्म नेपाल बस्दा पनि म खाली हात बसिन । आर्मीको जागिरमा हामीले सिक्ने पनि त्यहि हो । खाली हात त्यसै नबस । कुनै न कुनै काम गरिरहु । आर्मीको ड्युटीमा हुँदा हामी केहि काम छैन भनें आफ्नो गण बसेको ठाउँ वरिपरी सरसफाईको काममा खटिन्थ्यौं, चाहे त्यो दिनहुँ नै किन नहोस् । सायद त्यत्तिकै बस्ने बानीले अल्छि बनाउँछ भनेर हो की, हामीलाई कहिल्यै खाली राखिन्नथ्यो । केहि न केहि काम गरिरहनै पर्ने । त्यसैले यो मेरो नियमित अभ्यास बन्यो जीवनको ।
घरमा श्रीमति र एक छोरा अनी एक छोरीलाई छोेडेर म एकदिन दुवई उत्रिएँ । आर्मीको जागिरे जीवनमा पनि परिवारसँग उति बस्न पाइएन । र, जागिरबाट रिटायर्ड भएपछि पनि परिवारबाट टाढैै हुनुपर्यो । मुटुभरी श्रीमति र छोराछोरीको माया बोकेर यो रेगिस्तानको तातो खान आइपुगें म ।
म युएई उत्रिएको बेलामा अहिलेजस्तो थिएन । ईण्टरनेटबाट नेपाली गीत हेर्ने कहाँ सुविधा थियो र ? त्यसैले दुवईमा डिभिडिको ठूलै माग हुन्थ्यो । तर त्यो पाउन उति सजिलो भनें थिएन । अर्थात डिभिडी बेच्न सक्दा कमाई गतिलै हुन्थ्यो ।
यो कुरा बुझेपछि मैले नेपाली फ़िल्म र गितका सिडिलाई कपि गरेर बरदुबइको नेपाली चोकमा बेच्न थाले । युएईमा गैरकानूनी काम हो भन्ने जान्दा जान्दै पनि मैले यो काम थालें । म नेपालीलाई भेटेर त्यस्ता सिडीहरु बेच्थें र त्यसबाट हुने आम्दानी खुरुखुरु घर पठाउँथे । युएईमा मैले बेचेको त्यो सिडीको पैसाले मैले नेपालमा छोराछोीलाई राम्रो बिद्यालयमा पढाउँदै थिएँ । परिवारबाट टाढा भएपनि परिवार सुखैले बाँचेको थियो । दुई मुलुकमा बाँडिएको मेरो सानो परिवार हाँसिखुशी जीवन काट्दै थियो ।
तर भनिन्छ नी, ‘हुन हार हार दैब नटार’ । गत बर्षको भूकम्प त्यस्तै बज्रपात बोकेर आयो मेरो जीवनमा । भूकम्पका कारण मेरी श्रीमतिको हृदयाघात भयो । भूकम्पको झड्काको डरले आत्तिएर मेरी श्रीमतिले यो संसार छोडिछन् । उनी मलार्ई एक्लै पारेर कहिल्यै नफर्किने गरी विलिन् भइन् । म एक्लो भएँ ।
मेरा छोराछोरी दुवैको विहे भइसकेको छ । घरमा छोरा बुहारी र नाति त थिए तर पनि मन एक्लो भयो । म नितान्त एक्लो अनुभव गर्न थालें । नेपाल गएको म घरमा एक्लै बस्नै सकिन। छोरो बिहानै कलेज पढाउन जान्थ्यौ । बुहारी कलेज जान्थिन। मलाई निकै गार्हो भयो दिन काट्न । त्यसैले मन नअडिएपछि पुनः म केहि महिना पछि दुबई पुरानै काममा फर्किएँ ।
दुबई त आएँ तर उनको यादले सताउन छोडेन । भनिन्छ लोग्ने मान्छे रुनु हुन्न रे । तर यो भन्न जति सजिलो छ भोग्न उति सजिलो छैन । हो, म धेरै पटक रोएँ। डाको छोडेर रोएँ । लोग्ने मान्छे भएर पनि म मेरी प्यारी श्रीमति सम्झेर धेरै पटक रोएँ ।
फेसबुक मन बहलाउने एउटा माध्यम भएको छ मेरा लागि । त्यसैले म श्रीमतिको फोटो होलेर तिमि कहाँ गयौ भनेर सोधिरहन्थें । थुप्रै चिनारुहरुले सान्त्वनाका शव्द लेख्थे, अव यसो गरिरहेर हुन्न भनेर सम्झाउँथे तर मन माने पो ।
म युएई आएपछि पनि नेपालमा फोन गरिरहन्थें । तर छोरोलाई फोन गर्दा उ क्याम्पसमा व्यस्त हुन्छ । कति उसलाई झिंझो लाउनु भनेजस्तो हुने । छोरीलाई फोन गर्दा हरेक पटक उसको हिक्क हिक्क सुन्न सक्दिन । बुहारीसँगको कुराकानीमा सञ्चो विसञ्चो बाहेक के पो कुरा गर्नु र ? कुनै समय थियो फोन गर्ने पैसा पनि हुन्नथ्यो तर मेरो फोन पर्खेर बस्ने मान्छे थियो घरमा । धेरै दिनपछि बल्लतल्ला गर्ने फोनमा सुनिने त्यो उत्साह, खुशीले अर्को पटक फोन गर्ने पैसा जम्मा गरुञ्जेलसम्म मन खुशी भईरहन्थ्यो । तर आज फोनमा भनेजति पैसा छ तर गफ गर्ने मान्छे छैन । मलाई विस्तारै डिप्रेशन भएछ । र। म अर्को बिहे गर्ने निर्णयमा पुगें । छोराछोरी बुहारी सबै सँग सल्लाह लिएँ, सवैले खुशी भएर हुन्छ भन्ने मञ्जुरी दिए । दुबईमै भेटिएकी एक नेपाली महिलासँग विहे तय भयो । हामी नेपाल गएर विहे गर्यौं ।
म निकै सोझो छु आफ्नो कर्म र परिश्रममा विश्वास गर्छु । र अरुलाई छिटो बिश्वास पनि गर्छु। उनी पनि बुढो छोडेर एक्लो जीवन बिताईरहेकी थिइन् । त्यसैले मलाई लाग्यो हामी दुईको नयाँ जीवनको सुरुवात राम्रै होला ।
बिहे दर्ता गरेपछि मैले मेरो पेन्सनपट्टामा उनको नाम पनि लेखिदिए र पोखरामा एउटा घडेरि किनेर उनको र मेरो नाममा पास गरि हामि पुन दुबैजना दुबई आयौ। उनी र म मेरो कम्पनिले दिएको कोठामा सँगै बस्न थाल्यौं । उनी भिजिट भिसामा आएकोले केहि दिनमा काम खोजेर काम गर्न थालिन् । अव झन सजिलो हुन्छ भन्ने लाग्यो ।
तर उनले जागिर थालेको दुई महिना पछि नै अचम्मको व्यवहार देखिन थाल्यो । बिदाको दिन उनी कोठामा बस्न मान्दिनथिईन् । एक्लै बाहिर घुमफिर गर्न जाने र मसँग झुट बोल्न थालिन् । केहि दिन त के गरौं, कसो गरौं भयो । भनौं कसलाई भन्नु यस्तो कुरा ।
यति भन्दै गर्दा दाजुका आँखामा आँशु छचल्किन थालिसकेको थियो । गला अवरुद्ध हुन थाल्यो । म पनि असमञ्जस्यमा परें के भनौं ? अक्क न वक्कको अवस्थामा घोरिएर बस्नुको विकल्प थिएन । उनले कुरा टुँग्याउँदै भनेः के भनौं र भार्ई यहि हो त दुबईको माया ? मलाई आइपरेको यो समस्या म कसलाई भन्न जाउँ ?
सुत्केरीको हेलिकोप्टरबाट उद्धार सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ।ग…Read More
उद्घाटनअघि नै भत्कियो पुल ।श्रावण १३, २०७४- इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल द…Read More