भिडियो सहित हेर्नुहोस !
Advertisement
१. सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइलः
धेरैजसो मानिसहरु राती सुत्नुभन्दा पहिले ल्यापटप वा मोबाइल चलाउने गर्दछन् । जसका कारण पनि तपाईंहरु बिच मनमुटाव हुनसक्छ । रातको समय आफ्नो पार्टनरसँग मात्र बिताउनुहोस् । यसो गर्दा तपाईंहरु बिचको दूरी कमी हुनेछ र तपाईंहरु बिच प्रेम बढ्नेछ ।
२. अफिस वा आफन्तको कुराः
बेडरुममा तपाईं आफ्नो पार्टनरसँग आफ्नो अफिस वा आफन्तको कुरा गरेर नबस्नुहोस् । तपाईंले यसो गर्दा तपाईंको पार्टनरलाई इरिटेट लाग्न सक्छ । यो समय तपाईंहरु दुईजना मात्रको हो । यतिबेला एकअर्कासँग प्रेमपूर्ण कुराकानी गरेर बिताउनुहोस् ।
३. गल्तीको कुरामात्र नदोहोराउनुहोस्ः
यदि तपाईं राती सुत्नुभन्दा पहिले आफ्नी प्रेमिकालाई उनको पूरा दिनको गल्तीबारे सुनाइरहनुहुन्छ भने उनी तपाईंसँग बोर हुनेछिन् । साथै, तपाईं दुईबिच मनमुटाव पनि हुनसक्छ ।
४. गुड नाइट किस पनि आवश्यकः
धेरैजसो महिलालाई पुरुषले राती सुत्नुभन्दा पहिले केही नभनी सुतेको खण्डमा निकै नराम्रो लाग्छ । सुत्नुभन्दा पहिले पार्टनरलाई गुड नाइट किस दिन आवश्यक छ । यसले तपाईंको सम्बन्ध अझै गहिरो हुने गर्दछ ।
५. पिठ्युँ जुधाएर सुत्नुः
महिलालाई पुरुषको यो बानी सबैभन्दा धेरै मनपर्दैन । राती सुत्नेबेला कहिले पनि उनीसँग पिठ्युँ फर्काएर नसुत्नुहोस् ।