अभिनेत्री श्वेता खड्काले झ्याँडीमा सोमबार माझी गाउँ एकीकृत नमुना बस्तीको शिलान्यास गरेकी छिन् । खड्काकै पहलमा चौतारा साँगाचोकगढी–१४ मा रहेको ६३ घरधुरी माझी परिवारका लागि एकीकृत बस्ती निर्माण हुन लागेको हो ।
इन्द्रावती र झ्याँडी खोलाको दोभान किनारमा बस्दै आएका माझी समुदाय विपन्न वर्गका हुन् । अभिनेत्री खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले इँटा राख्दै बस्तीको शिलान्यास गरेका थिए । शिलान्यास गर्नुअघि अभिनेत्री खड्का स्वर्गीय पतिलाई सम्झेर भक्कानिएकी थिइन् । श्रीकृष्णको तस्बिर छोएर उनले भनिन्, ‘उहाँको आत्माको शान्तिका लागि यो काम मैले गर्नैपर्छ ।’
निर्माण शिलान्यास गर्दै प्राधिकरण प्रमुख डा. पोखरेलले माझी नमुना बस्ती बनाउन सरकारले नायिका खड्कालाई साथ दिने उद्घोष गरे । ‘श्वेताले गरेको काम सराहनीय छ,’ पोखरेलले भने, ‘सरकारले मात्र चाहेर पुनर्निर्माण हुँदैन, समाज नै लाग्नुपर्छ भन्ने यो एउटा उदाहरण हो ।’ शिलान्यास गर्न पूर्वसेनापति रुक्मांगत कटुवाल, नायक निखिल उप्रेती, हास्यकलाकार जितु नेपाल, गायक प्रमोद खरेल, कलाकारहरू बसुन्धरा भुसाल, शिवहरि बैरागी, युवराज चौलागाईं, गोयल कायस्थलगायत व्यक्तित्वको उपस्थिति थियो ।
माझी गाउँका भूकम्पपीडितले बस्ती निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरेका थिए । भौगोलिक अनुगमनपछि सहरी विकास तथा भवन डिभिजन कार्यालयले एकीकृत बस्ती बनाउन अनुमति दिएको थियो । एकीकृत बस्ती बनाउन २८ रोपनी जग्गा प्रयोग गरिने अभियन्ता यज्ञराज कार्कीले जानकारी दिए ।
यौन समस्यामा तुलसीको प्रयोगआयुर्वेदमा तुलसीको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ । प्राचीन चिकित्सा वैज्ञानिक महर्षि चरकले चरक संहितामा तुलसीको रोगनाशक गुणको बारेमा उल्लेख गरेक…Read More