धिरेन शाक्यको अपूरो आर्मी यात्रा छोरीले पूरा गर्दै हेर्नुहोस धिरेन साक्यको आर्मी छोरी

भिडियो सहित हेर्नुहोस !
Advertisement


जिममा उनी सकेसम्म धेरै समय बिताउँछन् । त्यस्तै उनका अन्य दुईवटा अफिस, एउटा होटेल र एउटा फिल्म प्रोडक्शन कम्पनी छन् । धिरेन कामबाट थकित भएर घर जाँदा उनको थकान मेटाउन गाह्रो हुँदैन । किनकी उनी छोरीहरु देख्नासाथ सबै दुःख र पीडा बिर्सन्छन् । उनी दुई छोरी जस्मिन र जुलियानाका अभिभावक हुन् । धिरेनलाई आफ्नी छोरीहरु भएपछि केही चाहिँदैन ।

छोरीको जन्मान्तर १० वर्ष

उनका दुई छोरीहरुको जन्मान्तरमा झण्डै १० वर्षको फरक छ । जुन सामान्यतया धेरै मानिन्छ । धिरेनकी जेठी छोरी जस्मिन अहिले प्लस टु सकाएर बसेकी छिन् भने उनकी कान्छी छोरी जुलियाना तीन कक्षामा अध्ययन गर्दै छिन् । उनी कान्छी छोरीलाई अफिसको कामहरु छोडेरै आफैले स्कुल पुर्याउने र ल्याउने काम गर्छन् । यस हिसाबले उनी आफैलाई एक असल पिता भएको महशुस गर्छन् ।

आर्मी बन्न चाहन्छिन् छोरी

धिरेनले हामीसँग कुराकानी गर्ने क्रममा छोरीहरुको लक्ष्यका बारेमा पनि बताएका छन् । उनकी जेठी छोरीलाई आर्मीमा धेरै रुची छ । हाल उनी आर्मी अफिसरको कोर्ष पनि गरिरहेकी छिन् । धिरेनको पारिवारिक पृष्ठभूमि आर्मी भएका कारण उनकी जेठी छोरीलाई आर्मी अफिसर हुन मन लागेको बुझिन्छ । धिरेनका बुवा भारतीय सेनामा कार्यरत थिए भने धिरेन पनि ब्रिटिश आर्मीमा थिए । तर धिरेनले बीचमै जागिर छाडेर सिनेमामा लागेका हुन् ।

बुवा सिनेमामा भएको भएपनि उनका छोरीहरुको भने सिनेमामा खासै रुची छैन । तर जेठी छोरीको आर्मीका साथैसंगीतमा पनि रुची छ । तर उनको मुख्य उद्देश्य भनेको गायिका नभएर आर्मी अफिसर बन्नु नै हो ।



Related Posts: