भिडियो सहित हेर्नुहोस !
Advertisement
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले मतदानका दिन सिमा वन्द गर्नका लागि राखेको प्रस्तावलाई भारतीय अधिकारीहरुले सहर्ष स्वीकारी सिमामा शान्ति सुरक्षा कायम राख्न र चुनावी वातावरण मिलाउनलाई आवश्यक सहयोग एवं समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो ।
दुवै मुलुकका अधिकारीहरुले संयुक्त रुपमा दसगजा अतिक्रमण एवं सीमा अपराध नियन्त्रण गर्न र सीमाक्षेत्रमा कडा चेकजाँच गर्नुका साथै चुनाव शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सिमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती टोली व्यापक रुपमा परिचालन गर्न सहमति भएको बैंठकपछि भारत महारजगंज जिलाका डिएम विरेन्द्र कुमार सिंहले अन्नपुर्णकर्मीलाई जानाकारी दिनुभयो । प्रदेस नंं ५मा पर्ने नेपाल–भारतका सिमावर्ती यी जिल्लाका मुल, सहायक सवैं नाकाहरु बन्द गर्न दुवैदेशका सिमावर्ती सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।
नेपालले नेपाल–भारतका सिमानाका तथा सुरक्षा संवेदनशील क्षेत्रहरुमा तालिम प्राप्त कुकुरहरु समेत परिचालन गरी थप सुरक्षा एवं अनुसन्धान कार्वाहीको योजना वनाएको छ । सुरक्षा संवेदनशिलतालाई ध्यानमा दिई जिल्ला सुरक्षा समितिले चुनावमा चार घेराको सुरक्षा व्यवस्था मिलाएको छ । खतरा, अतिसंवेदनशील, संवेदनशील, सामान्य स्थानहरुको वर्गीकरण गरी सोही अनुसार सुरक्षा रेखा वनाएर सुरक्षाको प्रवन्ध मिलाउने कार्य भईरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।
दुईदेशका सुरक्षा अधिकारीहरुको ‘काउन्टर पार्ट मिटिङ’मा भरपर्दो सुरक्षा र चुनाव सफल पार्न नया सुरक्षा रणनीतिहरु अपनाउने निर्णय गरिएको अधिकारीहरुले बताएका छन । दुवै देशका अधिकारीहरुले आ–आफनो क्षेत्र सिमानाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेका छन् ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले चुनावको मात्रै नभई सर्वसाधारण नागरिकमा समेत सुरक्षाको अनुभुत हुनेगरी नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु सादा पोशाकमा समेत खटिएर विशेष सुरक्षा प्रदान गर्ने रणनीति बनाएर अगाडी बढेको बताउनुभयो ।