माेरङ जिल्ला अस्पतालमा ६१ लाखकाे सामान हस्तान्तरण गर्दै

भिडियो सहित हेर्नुहोस !
Advertisement


माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा मङगलबार एक कार्यक्रम बिच राेटरी क्लव अफ बिराटनगर सबिता मेमोरियल ग्रान्ट नम्बर १६३९२१२ प्राेजेष्ट ले कुल ६१ लाख ४८ हजार ८ सय रुपैयाँ बराबरको उपकरण हरु हस्तान्तरण गरेको छ । जस मध्य अल्ट्रासाउन्ड, जेनेटर, डेन्टल चियर,ईसिजि,र काडिक माेनिटर जस्ता उपकरण हरु हस्तान्तरण गरेका छन ।

कार्यक्रमकाे प्रमुख अतिथि पि डि जि ए•अार•एफ सि राेटरी ईन्टरनेशनल का बासुदेव गाेल्यान,पबन सरडा,दिलिप बगडिया,मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समीर पाैडेल,अस्पताल समितिका अध्यक्ष सन्ताेष साह,बुद्धिजीवी, सुरेश मिश्र , जगर्नाथ मन्डल,बजरंग अग्रवाल, मङगलचन्द अग्रवाल,लगायतकाे उपस्थितमा उपकरण हरु हस्तान्तरण गरेका थिए।
कार्यक्रम बाेल्दै पवन सारडाले भने अब रंगेली काे मुहार खुलेको र अाफुले सक्दाे जिल्ला अस्पताल लाई जस्तोसुकै सहयोग गर्ने समेत बताएका छन।

त्यसैगरी बासुदेव गाेल्यानले भने अबका दिन हरुमा यस जिल्ला अस्पताल मा अाफ्नाे क्लवकाे पुर्णरुपमा साथ र सहयाेग समेत रहिरहने कुरा समेत बताए ।
डाक्टर समीर पाैडेले भने अब रंगेली जिल्ला अस्पताल नेपाल कै सरकारी अस्पताल मा नमुनाकाे रुपमा सावित हुने र अबकाे केही महिनामा यहाँ अाएका बिरामी हरुले अरु अस्पतालमा नजानु पर्ने र सबै सेवा हरु यहीँबाट हुने समेत कुरा बताउनु भयाे ।
कार्यक्रममा साे सभापति राेटरी क्लवका अध्यक्ष शिव रतन जाेशिकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


Related Posts: