बावियाचौरको सस्रधारामा खेतबारीमा फैलिएको गाँजा नष्ट

भिडियो सहित हेर्नुहोस !
Advertisement


जिल्लाको मंगला गाउँपालिका–२ सस्रधारामा गाँजा नष्ट गरिएको छ । खेतबारीमा आफै उम्रेर फैलिएको गाँजाका बोटहरू प्रहरीको सक्रियतमा गाउँपालिका प्रमुख सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नष्ट गरेका हुन् । गाउँपालिका प्रमुख सतप्रसाद रोका, वडा अध्यक्ष, बावियाचौर प्रहरी चौकी र सामुदायिक प्रहरी सेवा केन्द्र लगाएतको उपस्थितीमा करिव ६ रोपनीमा फैलिएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयको सुचना शाखाले जनाएको छ ।

पछिल्लो समय स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले सहर देखी ग्रामिण क्षेत्रसम्म गाँजा सहित लागुपर्दाथ दुब्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गदैं आइरहेको छ । गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोटहरू देखेमा जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

खेतबारीमा आफै समेत गाँजा फैलने गरेपनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । गाँजा नष्ट गर्न पुगेका मंगला गाउँपालिका प्रमुख रोकाले गाउँपालिका भित्र रहेका सबै वडामा रचनात्मक क्रियाकलाप गरी दुब्र्यसनी मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाए । उनले कलिला यूवाहरुलाई रचनात्मक कार्यहरुमा सक्रिय बनाउने गरी प्रहरीका गतिविधिहरुलाई प्राथमिकतामा साथ सहयोग गर्ने समेत बताए । प्रहरी सहितको करिव ४० जनाको टोलीले हरियो बोट गाँजा फाँडेको थियो ।

Related Posts: