प्रचण्डले बालुवाटारमा बनाएको योजनाअनुसार नै भरतपुरमा दुई वाईसीएलले मतपत्र लुटेका हुन्ः केपी ओली -

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौँ महानगरपालिकामा एमालेले बहुमत वडासहित मेयर जितेपछि त्यसको खुशीयालीमा बनाएको विजयी सभालाई सम्वोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । ‘काठमाडौँमा अन्य सबै दल मिलाउदा पनि एमालेको भन्दा कम हुन्छ भन्नेमा म पहिला नै ढुक्क थिएँ,’ ओलीले भने, ‘विद्यासुन्दर शाक्यले त्यसैलाई प्रमाणित गर्नुभयो ।’

ओलीले काठमाडौँ महानगरपालिकामा काम गर्ने टिम चुनिएको भन्दै पाँच वर्षे कार्यकाल भ्रष्टाचार नगरी पूरा गरेर गर्ने दाबी गरे । ‘यो टीमले भ्रष्टाचारको छिटा पनि पर्न दिदैन,’ उनले भने, ‘सम्वृद्ध शुखी काठमाडौँ हाम्रो नारा हो । काठमाडौँका लागि एमाले हजार वाटको विजुली हो । यसले विकास र सम्वृद्धिमा त्यस्तै उज्यालो दिन्छ ।’ उनले एमालेको प्रष्ट अडानकै कारण तीन प्रदेशको परिणाम सकारात्मक आएको पनि दाबी गरे

ओलीले भरतपुर महानगरपालिकामा एमालेले जित्ने निश्चित भएपछि वाइसीएलका दुई जनाले बालुवाटारकै योजनामा मतपत्र लुट्ने प्रयास गरेको आरोप लगाए । ‘हार्ने भएपछि बालुवाटारको योजनामा दुईवटा वाइसीएलले मतपत्र लुटे,’ अहिले त्यही वाहनामा पुनः निर्वाचन गर्ने षडयन्त्र भएको छ । यो एमालेलाई स्वीकार्य छैन ।’ उनले आफ्नी छोरी रेणु दाहाललाई जिताउन प्रचण्डले बालुवाटारमै योजना बनाएर वाइसीएल प्रयोग गरेको आरोप लगाए । उनले पतपत्र कब्जा नभएको भन्दै पुनः निर्वाचन गर्ने कुरा नमान्ने बताए ।

तराईमा ढुंगा चलाएर निर्वाचनमा जाने ?

ओलीले सरकारले अशार ९ गते निर्वाचन गर्ने घोषणा गरेर गलत गरेको आरोप लगाए । ‘वर्षाका बेला तराईमा ढुंगा चलाएर हिड्नु पर्ने बाध्यता हुन्छ,’ ओलीले भने, ‘के मतदाताले ढुंगा चढेर भोट हाल्न जाने ?’ उनले प्रचण्डलाई कुनै ज्योतिषले अशार ९ मा निर्वाचन गर्दा राम्रो हुने भनेकाले त्यसै गरेको हुन सक्ने बताए ।

कति जना विवाह गर्दा पदवी पाईन्छ प्रधानमन्त्रीजी ?

ओलीले अहिले विभिन्न खालका मानपदवी सरकारले मनपरी बाँढेको भन्दै सरकारको आलोचना गरे । ‘कति जना विवाह गर्दा मानपदवी पाइन्छ प्रधानमन्त्रीजी,’ उनले प्रचण्डपुत्र प्रकाशप्रति लक्षित गर्दै भने, ‘मानपदवीकै वेइज्जत भयो ।’


Related Posts: