तर दुखी हुने कारण छैन । किनकी जिउँदै स्वर्ग जाने ढोका चीनमा पत्ता लागेको छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ । वास्तवमा चीनमा एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ । सन् २५३ मा पहाडको केही भाग खसेपछि उक्त गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ । पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ । उक्त गुफामा जानका लागि केवल कार चढ्नुपर्छ ।
दुनियाको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा दर्ज छ । केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिँढी उक्लिनुपर्छ । ताओ दर्शनका अनुसार ९९९ सिँढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो ।
बिसौँ शताब्दीमा तियानमेन पहाडमा एक झरना पनि थियो जुन केवल १५ मिनेटका लागि मात्र देखा पर्दथ्यो र त्यसपछि दिनभरका लागि हराउँथ्यो । झरनाको पानी १५ सय फिटबाट सिधै तल र्झदथ्यो । तर अहिले उक्त झरनाको नामोनिसान छैन ।स्वर्गको ढोका तथा यस्तो अद्भुत झरनाको इतिहास रहेको उक्त पहाडमा ठूलो परिमाणमा खजाना लुकाइएको विश्वास गरिन्छ । खजाना खोज्ने कोसिस धेरैले गरे तर कसैले पनि फेला पार्न सकेका छैनन् अहिलेसम्म ।
कुलमान रोए पछि भारतीय मिडिया पनि चुप बसेनविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्ध कान्तिपुर दैनिकले समाचार लेखेपछि उनले हिजो पत्रकार सम्मेलन गरि स्पष्टिकरण दिए र आफ्नो बद…Read More
वैशाख ३१ मा साझा यातायात बन्द हुने
काठमाडौँ, २९ वैशाख । स्थानीय तह निर्वाचनका दिन वैशाख ३१ गते आइतबार साझा यातायात बन्द हुने भएको छ ।
दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन …Read More
Secret Power Of North KoreaKim Jong-un born 8 January 1984 or 5 July 1984) is the Chairman of the Workers’ Party of Korea (WPK) and supreme leader of the Democratic People’s Rep…Read More