एजेन्सी । ‘द बोरिंग कम्पनी’ ले सुरुङमा तीव्र गतिमा कुद्ने विद्युतीय बसको आविष्कार गरेर त्यसको पहिलो तस्विर समेत सार्वजनिक गरेको छ । कम्पनीले संसारभरका सडकमा बढ्दै गएको भीडभाड र ट्राफिक जामलाई मध्यनजर गर्दै सुरुगं मार्गको प्रयोग गरेर गुडाउन तयार गरेको यो बस प्रतिघन्टा दुई सय किलोमिटर गतिमा गुड्ने गरी निर्माण गरिएको छ ।