राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।
निर्वाचनका कारण पटक पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।
वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते सारिएको थियो । सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेलाई तोकेपछि एनइबीले असार ८ गतेलाई परीक्षा सारेको थियो । सरकारले पुन: जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योलमा परेको बोर्ड बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १४ असारमा चुनाव गर्ने निर्णयसँगै असार १ गते नै परीक्षा गर्ने निर्णयमा पुगेको हो ।
चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परीक्षा पटक पटक सार्दा अन्योलमा परेका थिए । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले बल्ल ११ कक्षाको अन्तिम परीक्षा दिने तिथि तय भएको छ ।
राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि यी विद्यार्थी परिक्षामा सहभागी हुनुपर्ने हो । तर, सरकारले स्थानीय तहको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परे ।
एक पराजित मेयरको बयान काठमाडौं महानगरका पराजित मेयर किशोर थापा भन्छन्, ‘राजनीतिमा अनुभव र विज्ञताभन्दा भावना, संवेग र ग्लेमर बढी बिक्ने चीज रहेछ भन्ने लागेको छ।’ जेष्ठ १७, …Read More
विद्यासुन्दरको सपथमा यस्ती देखीए रञ्जुकाठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित…Read More
‘मिलनसार क्याप्टेन’ जेष्ठ १७, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा मंगलबार दुर्घटना हुँदा घटनास्थलमै मृत्…Read More