चितवन, जेठ १६ – चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा भएको विवादको विषयमा छानविन गर्न बनेको समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेको छ ।
आइतबार राति भरतपुर वडा नम्बर १९ को मतगणनाको क्रममा माओवादी केन्द्रका मतगणना प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको छ । आयोगले घटनाको छानबिन गर्न आयोगका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
समितिले भरतपुर गएर राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय तथा मतगणनाका लागि खटिएका कर्मचारीसँग कुराकानी गरेको संयोजक तिम्सिनाले बताउनुभयो । भरतपुरमा मंगलबार पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुले आन्तरिक छलफल र स्थलगत अनुगमन सकेको बताउनुभयो । घटनाका विषयमा अहिले नै केही भन्न नमिल्ने भन्दै उहाँले अरु विवरण दिन चाहनु भएन ।
तर आफूहरु काठामाडौं फर्किएर सकेसम्म मंगलबार नै नभएर बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउने संयोजक तिम्सिनाले बताउनुभयो ।
विहानमा अनिवार्य खानुस् यी ५ खानाकतिपय मानिसको विहानमा खाजा अर्थात ब्रेकफाष्ट नखाने बानी हुन्छ । तर स्वस्थ जीवनका लागि विहानको खाजा अनिवार्य मानिन्छ ।यदि तपाइँलाई सँधै विहानमा के खाउँ…Read More