काठमाडौं । ३ दिन अघि सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको बिमान दुर्घटना भएर दुई जनाले ज्यान गुमाएको खबर सेलाउन नपाउँदै फेरी बाजुरामा नेपाली सेनाको कार्गो विमान दुर्घटनाग्रस्त बनेको छ ।
बाजुराको कोल्टी विमानस्थलमा आकस्मिक अवतरणका क्रममा कल साइन एन ए ०४८ विमान चिप्लिएर भएको दुर्घटनामा परी पाइलट कैलाश गुरुङको मृत्यु भएको छ भने सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको उपचार जारी राखिएको छ । विमान दुर्घटना भए लगत्तै सार्वजनिक भएका तस्विरहरु यस्ता छन् ।
जसले आँखै अगाडि शरद गौचन ढलेको देखे…२३ असोज, काठमाडौं । भरत रम्तेलको मोटरसाइकल वर्कशप छ, नयाँ बानेश्वरको शान्तिनगर चोकनजिकै प्रयागमार्ग चोकमा । उनी सोमबार अपरान्ह आफ्नै युआर मोटरसाइकल वर…Read More