काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी झाडू बोकेर काठमाडौं सफाइमा विहीबार निस्किएका छन् । बुधबार पदभार ग्रहण गर्नासाथ मेयर शाक्यले काठमाडौंलाई क्लिन द सीटी बनाउने पहिलो अभियानमा हस्ताक्षर गरेका थिए । सुन्दर र हरित काठमाडौं अभियानको थालनी गर्दै मेयर र उपमेयर झाडू र बेल्चा बोकेर सडक सफाइमा निस्किएका थिए ।
‘काठमाडौं सुन्दर बनाउने अभियान अब सुरू भयो, अब महानगरपालिकाले यो अभियानलाई पुरा गर्नेछ’, मेयर शाक्यले भने,‘काठमाडौं सुन्दर देख्ने सवैको सपना पुरा गर्ने अभियानमा सवैको साथ रहोस् ।’
न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्यले सडकका फोहोर वेल्चाले निकालेका थिए भने उपमेयर खड्गीले झाडूले बढारेकी थिइन् ।
राति १० बजेपछि होटल सञ्चालनमा रोक
स्थानीय प्रशासनले धरानमा राति १० बजेपछि होटल तथा रेस्टुराँ, डान्स बार सञ्चालन गर्न रोक लगाएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शा…Read More
पति-पत्नीको गजबको कीर्तिमानन्युयोर्क : इजिप्टका खेलाडीले विश्व खेलकुदमा गजबको कीर्तिमान बनाएका छन् । अमेरिकामा जारी यूएस ओपन स्क्वास च्याम्पियनसिपमा पुरुष एकल स्पर्धाको उपाधि पत…Read More