चितनव । भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ । वडा नम्बर १९ को मत गन्ने समयमा मतपत्र च्यातिएपछि विवाद सुरु भएको थियो ।नेकपा एमाले र प्रहरीले माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको प्रतिनिधिले च्यातेको अारोप लगाइरहेका छन् भने माओवादी केन्द्रले एमालेले च्यातेको दाबी गर्दै अाएको छ ।
मत पत्र जसले च्यातेपनि मत गणना भने स्थगित छ ।यसैबीच एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीले सामाजिाक सञ्जालमाले लेखेको स्टाटस भइरल भएको छ ।स्थानीय एक पत्रिकाले ‘मैले जित्न लागेपछि एमालेका साथीहरु अात्तिनु भो’ रेणु दाहालको भनाईलाई शिर्षकको बनाएर समाचार प्रकाशित गरेको छ ।
‘थुइक्क नकचरी, नांगै हिड्नु सडकमा बारु’ स्टाटस लेखेर उक्त समाचार निरबले सेयर गरेका छन् । यही स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को अालोचना गरेका छन् ।यी हुन् रेणुलाई अश्लील शब्द प्रयोग गर्ने निरब