काठमाडौँ, १६ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आज बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाउनुभएका पाइलट महासेनानी कैलाश गुरुङ र शनिबार सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सो चिन्ता व्यक्त गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।
उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाउनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।
फलामे मतपत्र बोकेर काठमाडौंमा मसाल जुलुस जेष्ठ १८, २०७४- चितवनमा माओवादी केन्द्रले मतपत्र च्यातेको विरोधमा काठमाडौंमा अनेरास्ववियु र युवा संघले मसाल जुलुस निकालेका छन् । प्रदर्शनी मार्गबाट अन…Read More