भोजपुर। एकै साथमा भोजपुरले दुई होनाहार प्रतिभालाई गुमाएको छ । शनिबार गोमा एयरको विमान दुघर्टना हुदा भोजपुरका प्रतिभा पारसकुमार राईको निधन भएको चार दिन नबित्दै अर्का पाइलट कैलाश गुरुङको निधन भएको छ ।
मंगलबार कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा दुर्घटना हुदा पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको हो । गुरुङ भोजपुर छिनामखुका हुन् ।
भोजपुर साङपाङका राई
शनिबार दिउँसो १ ३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना हुदा भोजपुर साङपाङका राईको निधन भएको थियो । ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो । पाइलट भएर आकाशमा ९ हजार ६ सय ६८ घन्टा उड्दासम्म ४८ वर्षीय राईलाई केही भएन । तर, शनिबार उनी सोलुमा बिलाए ।
राईका श्रीमती र दुई सन्तान छन्। ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षामा । सन् १९६९ जनवरीमा राईको जन्म भोजपुरमा भएको थियो। राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध भएका थिए । उनले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाएका थिए ।
सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो । तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।
विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी गुरुङको निधन भएको हो । सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
गोजुरियोमा नेपाल च्याम्पियन नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगिता…Read More
चुनाव अगावै झापामा बन्यो यस्तो रेकर्ड ! झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य…Read More