काठमाडौंका मेयरको पहिलो निर्णय– ‘क्लिन द सिटी’

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १७, २०७४- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई सफा बनाउने ‘क्लिन द सिटी’ कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

शाक्यले सुन्धारास्थित महानगर कार्यालयमा बुधबार पदभार ग्रहण गर्दै काठमाडौंलाई सफा बनाउने अभियानमा हस्ताक्षर गरेका हुन् । उनले १ सय दिनमा गर्ने १ सय १ कामको सूचीमा मेयर पदभार ग्रहण गरेकै दिन ‘ग्रीन एन्ड क्लिन काठमाडौं’ अभियान सुरु गर्ने उल्लेख थियो ।
शाक्यले पदभारअघि फल लाग्ने रुख ‘रुद्राक्ष’को विरुवा रोपेका छन् । काठमाडौंमा शोभाका लागि सल्ला, धूपीमात्रै रोप्ने संस्कार विकास भएको भन्दै फलसमेत खान मिल्ने विरुवा रोप्ने अभियान सुरु गर्ने बताए ।

शाक्यले बिहीबार बिहान सूर्योदयसँगै बाँसबारीबाट सफाइ अभियान सुरु गर्नेछन् । उनले मास्क लगाएर हिंड्ननपर्ने बनाउन विदेशी प्रविधिसमेत भित्र्याउने जानकारी दिए ।

Related Posts: