मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी हुनथालेपछि कृषक त्यसतर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालयले निःशुल्क सूर्यमुखी फूलको बीउ वितरण गर्दैआएको छ । बगनासकाली गाउँपालिका– १ ठूलाचौरका कृषकले जनजागृति अगुवा कृषक समूह गठन गरेर व्यावसायिक रुपमा खेती सुरु गरेका छन् । करिब १५ रोपनी जग्गामा लगाएको सूर्यमुखी फूल खेती सोचेभन्दा राम्रोसँग फस्टाएको कृषि सेवा केन्द्र, आर्यभञ्ज्याङका कृषि प्राविधिक सन्तोष जिसीले बताउनुभयो ।
यहाँका कृषकले स्रेस्ता जातको सूर्यमुखीको खेती गर्दैआएका छन् । यसका लागि कृषि कार्यालयले २० किलो बीउ तथा सिँचाइका लागि रु ६० हजार रकम अनुदानमा उपलब्ध गराएको छ । फूलको बियाँबाट तेल उत्पादन तथा डाँठलाई दाउराका रुपमा प्रयोग गर्न सकिने जनजागृति अगुवा कृषक समूहका अध्यक्ष पोषकान्त भण्डारी बताउनुहुन्छ ।
“एक पटकमा तेब्बर बाली उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो । बगनासकालीको ठूलाचौरमा अहिले व्यक्तिगत रुपमा समेत कृषकले सूर्यमुखी फूलको खेती गरिरहेका छन् । कृषि कार्यालयले मौरीको पकेट क्षेत्रका रुपमा सो ठाउँलाई अगाडी बढाएपछि सूर्यमुखी खेतीको विस्तार गरिएको हो । सूर्यमुखी फूलको खेती गर्न थालेपछि मौरीको मह उत्पादनमा समेत वृद्धि भएको भण्डारीले बताउनुभयो ।
सूर्यमुखी फूल बाह्रै महिना फुल्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बियाँबाट तेल उत्पादन गर्न सकिने जनजागृति अगुवा कृषक समूहका सचिव ज्ञानु अर्याल बताउनुहुन्छ ।
गच्छदारको कांग्रेस छलाङ, यस्तो छ कारण दस वर्षअगाडि कांग्रेस परित्याग गर्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्ने बेला विजयकुमार गच्छदारले भनेका थिए, ‘कांग्रेस बूढाहरूको पार्टी…Read More
एनआरएनए अध्यक्षमा भट्ट विजयीगैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भार…Read More
तरकारी खेती गर्दै पीएचडी ल्मी दरबार गाउँपालिका ३ राजाका लक्ष्मीकुमार भुसाल (५९) ले रोजगारीका क्रममा जीवनको ऊर्जाशील १५ वर्ष भारतको कानपुरमा बिताए । तर, सन्तुष्ट भएनन् । र, घर …Read More