सोलुखुम्बु: गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ ।
विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको जनाइएको छ ।
मौसम निकै खराब हुँदाहुँदै पनि सो जहाजलाई अवतरणका लागि अनुमति दिएर लापरवाही गरेको आशङ्कामा कुँवरलाई केन्द्रमा झिकाइएको हो । गोमा एअरको जहाज दुर्घटनाका क्रममा कुँवर विदेश भ्रमणमा रहेको र सो भ्रमणका सम्बन्धमा केन्द्रीय कार्यालयमा जानकारी नभएको बताइएको छ । बच्चुनारायण श्रेष्ठलाई नागरिक उड््ययन प्राधिकरण लुक्लाको प्रमुख तोकिएको छ।
पछिल्लो समयमा लुक्ला विमानस्थलमा उड्ययन प्राधिकरणको लापरवाही बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। विमानस्थलभित्रै बल खेल्नेदेखि, सामान जथाभावी राख्ने तथा मौसमप्रति सजग नहुनेलगायतका क्रियाकलाप पछिल्ला दिनमा बढ्दै गएको स्थानीयको गुनासो छ। पर्यटकीय सिजनमा लुक्ला विमानस्थल अत्यन्तै व्यस्त रहने गरेको छ।
शनिबार गोमा एअरको जहाज दुर्घटना हुँदा चालक पारस राई र सह चालक सृजन मानन्धरको ज्यान गएको थियो भने परिचारिका प्रज्ञा महर्जनको राजधानीमा उपचार भइरहेको छ ।
दार्जिलिङमा इन्टरनेट प्रतिबन्ध दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्कंदै गएपछि बंगाल सरकारले यो क्षेत्रमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको छ । उसले टीभी च्यानलहरूको प्रसारणमा पनि रो…Read More
विहीबारको दिन गर्नै नहुने यी ५ कामविहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।विहीबार …Read More
सीमापारिका मतदाता निर्णायक ! सुनसरीको दक्षिण पश्चिमी कोसी गाउँपालिका, जहाँ निर्णायक मत सीमापारि अर्थात् भारतमा छन् । स्थानीयवासीका अनुसार जुन पार्टीले ती मतदातालाई वारि ल्याई खानप…Read More