भिडियो सहित हेर्नुहोस !
Advertisement
विमानस्थदेखि केही पर, अवतरण गर्ने क्रममा दुर्घटना भएपछि जहाज पल्टिएको छ । जहाजमा रहेका चालक दलका सदस्य मध्ये क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक लोकसिंह भाटले जानकारी दिनुभयो ।दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् । जहाजमा सवार चालक दलका दुई जना घाइतेलाई सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि नेपाली सेनाको सामान बोकेर उडेको थियो।सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।