सुत्केरीको हेलिकोप्टरबाट उद्धार

भिडियो सहित हेर्नुहोस !
Advertisement


सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको शुक्रबार हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ।
गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकोप्टर चार्टर गरी गुरुङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो। “सुत्केरी बेथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल ल्यायौं । शल्यक्रिया गरी छोरा जन्मिएको छ। आमाको होस आइसकेको छैन” उद्धारमा संलग्न छेकम्पारका धावाग्याल्जेन लामाले भने, “बच्चाको अवस्था पनि सामान्य छैन।”
दुई दिनदेखि गुरुङलाई सुत्केरी व्यथाले च्यापेको थियो। स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको रेखदेखमा राखिएको भए पनि सुरक्षित प्रसूति गराउन सकिएको थिएन।
रु एक लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरिएको बताउँदै जिल्ला जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले हेलिकप्टर भाडा सरकारले तिर्ने बताए। सडक नपुगेका ठाउँका सुत्केरी हुन सकेनन् भने सरकारतर्फबाट भाडा बेहोर्ने गरी हेलिकोप्टर चार्टर गरिन्छ। गुरुङको परिवारको आर्थिक अवस्था कमजोर छ।

Related Posts: