श्रावण १३, २०७४- नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । बढीमा १५१ सदस्यीय महाधिवेशन आयोजक समितिमा रहने सदस्यको टुंगो लगाउने जिम्मा बैठकले संयोजक भट्टराईलाई दिएको छ । बैठकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विभिन्न १२ समसामयिक प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुवै देशलाई आह्वान गरेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् अनिवार्य भएको ठहर गर्दै यी मुद्दाको पक्षमा रहेका शक्ति र दलहरुबीच बृहत्तर कार्यगत एकता कायम गरी राष्ट्रिय जनआन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । एनसेल लाभकरण प्रकरण, कर फछ्र्योट आयोगका निर्णयलगायतका विरुद्ध भ्रष्टचार विरोधी नागरिक सचेतना आन्दोलनका लागि बैठकले आह्वान गरेको छ । फोरमसँग एकता अन्त्य भयो पत्रकार सम्मेलनमा डा भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको बताए । उनले नेकपा (माओवादी केन्द्र)सँग पनि एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे । एकताबारेको प्रश्नमा उनले भने, 'प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन ।' डा भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताए ।
यसरी फलाइन्छ चीनमा स्याउपूर्वी चीनको सान्दोङ प्रान्तको जिओजिअसान्जुआङ गाउँमा स्याउ टिप्दै गरेकी महिला । नेपाल बजार पनि चीनबाट आयात भएको स्याउले धान्ने गरेको छ ।
…Read More