तपाईंको शरीरले जति वीर्य बनाउँछ, त्यस हिसाबले जीवनभर एउटै सेक्स पार्टनर हुनु उति राम्रो आइडिया पक्कै होइन । यसको सदुपयोग गर्ने हो भने त सेक्स पार्टनर बढीभन्दा बढी हुनुपर्ने हो, होइन त ?त्यसैले त स्तनपायी र अन्य जन्तु समूहमा एउटै सेक्स पार्टनर विरलै हुन्छ । मानिसका बारेमा पनि यस्तै हुनुपर्ने हो तर वास्तवमा कैयौँ संस्कृतिहरुमा कैयौँ जीवनसाथी बनाउने र बहुविवाह गर्ने चलन छ ।एउटा अध्ययनअनुसार संसारभरिका ८३ प्रतिशत संस्कृतिहरुमा बहुविवाह प्रथा छ । यसका बाबजुद पनि अधिकांश संस्कृतिमा व्यवहारगत रुपमा हेर्दा एक स्त्री या एक पुरुषसँग विवाह गर्ने चलन छ ।यसको एउटा मात्र कारण, एकभन्दा बढी जीवनसाथीको खर्च वहन गर्न नसक्नु नै हो । यस्तो अवस्थामा प्रश्न के उठ्छ भने एक स्त्री या पुरुषले एक मात्र विवाहमा चित्त बुझाउने कुरा बेकार हो भने बेग्लाबेग्ला संस्कृतिमा यो चलन किन छ त ?
एउटा नयाँ अध्ययनले यस बारेमा व्याख्या गरेको छ । नेचर न्युज जर्नलमा छापिएको एउटा आलेख अनुसार शोधकर्ताहरुको यौन सम्पर्कबाट सर्ने रोग या आधिपत्यको कारण एक स्त्री या पुरुषबीच हुने विवाह लोकप्रिय बनेको हो ।
शोधकर्ताका अनुसार जुन बेला मानिसले शिकारबाट आफ्नो दैनिकी चलाउँथ्यो, त्यो बेला बहुविवाह व्यापक प्रचलनमा थियो र समयसँगै यस किसिमको प्रथा कमजोर हुन थाल्यो । सामाजिक दबाबका कारण पनि जीवनशैलीमा परिवर्तन हुन थाल्यो । शोधपत्रका लेखकमध्ये एक क्रिस बाबर भन्छन्, ‘यसलाई सरल तरिकाले बुझ्ने हो भने अपराधबाट बच्नका लागि हामीले प्रहरी विभाग बनाएजस्तै हो । पहिला बहुविवाह धेरै हुन्थ्यो किनभने त्यो बेला खेतीकिसानीका लागि बढीभन्दा बढी श्रमिक चाहिन्थ्यो ।’
जंगलमै बस्ने, प्राकृतिक जीवन जिउने क्रममा यौन संक्रमण उति ठूलो समस्या थिएन । त्यसैले बहुविवाह प्रचलित हुनु स्वाभाविक थियो । कसैलाई यौनरोगले सताए पनि त्यसले अरुलाई सार्ने र संक्रमण हुने त्यति खतरा थिएन । यो रोग लागे पनि समयसँगै आफैँ निको हुन्थ्यो । त्यो बेला यौन रोगको चपेटामा पर्नेहरुको संख्या निकै कम हुन्थ्यो । खेतीकिसानी युगसँगै क्रमशः यौनसम्बन्धी रोग पनि जन्मन थाल्यो र यसले संक्रमणको रुप लिन थाल्यो । यसको खतरा यति व्यापक हुन्थ्यो कि मानिसहरुले बहुव्यक्ति यौन सम्पर्कतर्फ ध्यान दिनै छाडे ।
नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि आश्विन १, २०७४-फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेट…Read More
दुर्घटना नगराउने ५ जना चालक सम्मानित पृथ्वीराजमार्ग तथा काठमाडौं उपत्यकामा अत्यधिक गुड्ने ७ सय ट्रिपर मध्य दुर्घटना नगराउने १ सय ५४ जना चालकहरु मध्य गोला प्रथाद्धारा ५ जना लाई २० हजार नगद…Read More
मह ,कागती र पानीको फाईदै फाईदा..बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला र…Read More
मलेसियामा ठगिँदै नेपाली कामदार आश्विन १, २०७४-क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि क…Read More