इलाम, ३ साउन । माईभगवती वृद्धाश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई युवा समाजसेवी सुमन श्रेष्ठले पशुपति दर्शनका लागि काठमाडौँ लैजानुभएको छ ।
यस वर्षको साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ दर्शन गराउने हेतुले समाजसेवी श्रेष्ठले शनिबार नै ज्येष्ठ नागरिकलाई लिएर काठमाडौँको यात्रा तय गर्नुभएको थियो ।
उहाँले वृद्धवृद्धालाई पशुपतिनाथको दर्शन गराइरहनुभएको छ । आश्रममा रहेका आठजना ज्येष्ठ नागरिक र दुईजना सहयोगी र आफैँ गरी ११ जनाको टोली शनिबार काठमाडौँ प्रस्थान गरेको थियो ।
पशुपतिनाथ दर्शन गर्न जान पाउँदा ज्येष्ठ नागरिक उत्साहित भएका छन् । ज्येष्ठ नागरिकलाई यसअघि नै हेलिकप्टर चढाएर ताप्लेजुङको पाथीभरा दर्शन गराएपछि पशुपतिनाथ दर्शन गराउने श्रेष्ठले यसअघि नै वृद्धवृद्धालाई प्रतिबद्धता जनाउनुभएको थियो ।
पशुपतिनाथ दर्शन गर्न पाउँदा हर्षित हुँदै १२ वर्षदेखि आश्रममा बस्दै आउनुभएकी ७९ वर्षीया देवकुमारी घिमिरेले भन्नुभयो – “सुमन हाम्रा लागि भगवान्सरह हुनुहुन्छ, छोराछोरीले गर्नुपर्ने कर्तव्य आज उहाँले गर्नुभयो ।” ज्येष्ठ नागरिकले पशुपति दर्शन गर्न जान पाउनु अहोभाग्य भएको प्रतिक्रिया दिनुभयो । श्रेष्ठले आफ्नै खर्चमा ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउनुभएको हो ।
ज्येष्ठ नागरिकको सेवामा आफूलाई आत्मसन्तुष्टि मिल्ने बताउँदै श्रेष्ठले भन्नुभयो – “ज्येष्ठ नागरिकको सेवामा जीवन समर्पण गर्नुपरे नि पछि हट्दिनँ ।” सामाजिक काममा सधैँ अग्रसर रहने श्रेष्ठले विभिन्न सेवामूलक कार्यसमेत गर्नुभएको छ । रासस
युरोपका उत्कृष्ट खेलाडी आज घोषणा हुनेभाद्र ८, २०७४- युईएफएले २०१६/१७ सिजनको उत्कृष्ट खेलाडीको नाम आज घोषणा गर्दैछ । दश दिन अघि उपाधि होडमा रहेका शीर्ष ३ खेलाडीको नाम सार्वजनिक गरिएको थियो…Read More
ट्रम्पद्वारा सरकार भंग गर्ने चेतावनीअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन अमेरिकी सरकार भंग गर्नसक्ने चेतावनी दिएका छन्।एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका…Read More
संविधान संशोधनमा भारतको पोजिसन कायमै भाद्र ८, २०७४ मधेस केन्द्रित दलहरुको माग र संविधान संशोधनको विषयमा आफ्नो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको भारतीय विदेश सचिव एस जयशंकरले बताउनुभएको…Read More