चितवन, १२ जेठ – पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको चुनाबको नतिजा आउने क्रम अब अन्तिम चरणमा पुगेको छ । सर्वत्र चासोका रुपमा हेरिएको भरतपुर महानगरमा अहिलेसम्म २१ वटा वडामा मत गणना सकिएको छ । जसमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । शुक्रवार विहानसम्म प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेले ११ वटा वडामा जितेको छ भने कांग्रेसले ७ वटा वडामा र माओवादी केन्द्रले जम्मा ३ वटा वडामा मात्र जितेको छ ।
मेयरमा पनि अहिलेसम्म एमालेका देबी ज्ञवालीले नै अग्रता कायम गरेका छन् । ताजा अबस्थामा माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा १ हजार ५ सय २१ मतले देबी अगाडी छन् । एमालेका देबीको ३३ हजार ९ सय ९५ मत छ भने रेणुको जम्मा ३२ हजार ४ सय ७४ मत आएको छ । अहिले वडा नम्बर १६ को मत गणना जारी छ ।
भरतपुर महानगरमा अहिलेसम्म मतगणा सकिएका २१ मध्ये कुन वडामा को विजयी
आठ महिनामा पैँसठ्ठी कैदीबन्दीको मृत्युनेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ ।कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । …Read More